bardiyahospital

पानी चरा संकटमा

पानी चराको खेल्ने, बस्ने र खाने ठाउँको कमी

Geruwa GIF
प्रकाश पाैडेल, गुलरिया। असुरक्षित बासस्थान, आहारा प्रजातिको कमी र पर्यावरणमा परेको असरका कारण पानी चरा संकटमा पर्दै गएका छन् ।
पानी चराको खेल्ने, बस्ने र खाने ठाउँ प्राकृतिक नदी, खोला, ताल र सिमसार क्षेत्रमा रैथान तथा आगन्तुक पानी चराको प्रजाति  संख्या घटेको पाइएको छ ।
cld
बर्दियाका विभिन्न ठाउँमा गरिएको पानी चराको गणनाबाट चराको प्रजाति र संख्या घटदै गएको पाइएको हो । प्रत्येक बर्ष बर्दियाको कर्णाली र गेरुवा नदी, बढैयाताल, सतखलुवा ताल लगाएतका क्षेत्रमा पानी चराको गणना हुँदै आएको छ ।
बासस्थान अतिक्रमण, सिमसार क्षेत्रको संकुचन, प्रशस्त पानी र आहारा प्रजातिको कमी हुँदै गएपछि रैथाने र आगन्तुक पानी चराको प्रजति र संख्यामा कमी आएको बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष राजन चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मानविय अतिक्रमणले चराको बासस्थान नाश हुनु वा विग्रनु, सीमासार क्षेत्र आसपासमा हुने पलाष्टिक जन्य फोहोर र पर्यावरणमा परेको असर मुख्य कारण देखिन्छ ।’
चराविज्ञ एवं पानी चरा गणना संयोजक रामबहादुर शाहीका अनुसार कर्णाली नदीमा गत बर्ष २१ प्रजातिका चरा फेला परेका थिए भने यस बर्ष जम्मा १५ प्रजातीका चरा पाइएको छ । त्यसैगरी गेरुवा नदीमा गत बर्ष ३१ प्रजाति पाइएकोमा यसबर्ष ३० र बढैयातालमा भने चराको प्रजाति बढेपनि संख्या भने घटेको छ ।
संयोजक शाही चरा पर्यटनको विकास र चरा संरक्षणको लागि स्थानीय सरकारले जनचेतनासंगै लगानी गर्न आग्रह गर्नुभयो ।
नेपाल पंक्षी संरक्षण संघका परियोजना फिल्ड अधिकृत हिरुलाल डंगौराले प्रत्येक बर्ष गरिने जलपंक्षी गणनाले उनीहरुको प्रजाति र संख्याको बारेमा यकिन गर्न सकिने र संरक्षणको लागि ठोस नीति तथा योजना बनाउन सहज हुने बताउनु भयो ।
online dubble sclaed
Leave A Reply

Your email address will not be published.