Division forest_Ads
Barista_Training

बर्दियामा अस्पतालमा रेबिज भ्याक्सिन अभाव

रेबिज रोग लागेर मृत्यु एक जनाको मृत्यु  

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया अस्पताल गुलरियामा रेबिज विरुद्धको भ्याक्सिन फागुन १६ गते देखि नहुदाँ  बिरामीले सास्ती भोग्नु परेको छ  । कुकुर , बिरालो लगायतका जंगली जनावरको टोकाइबाट लाग्ने प्राण घातक रोग रेबिज विरुद्धको भ्याक्सिन नहुदाँ  बिरामीले सास्ती भोग्नु परेको हो ।

रेबिज रोग कुकुर, बिरालो, न्याउरी मुसा, स्याल ब्वाँसो चमेराको टोकाईबाट लाग्ने रोग हो । रेबिज रोग शत प्रतिशत प्राण घातक रोग हो । यो रोग लागेपछि रोगको उपचार सम्भव छैन् । यसबाट बच्ने एक मात्र उपाय भनेको एन्टी रेबिज भ्याक्सिन हो । त्यहीँ भएर सरकारले अत्यावश्यक ठानेर रोग एन्टी रेबिज भ्याक्सिन निःशुल्क उपलब्ध गराउर्दै छ  ।

बढैयाताल गाउँपालिका ४ की १९ वर्षीया किसोरीको फागुन २८ गते रेविज रोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले बताउनु भयो ।  भने गत आर्थिक २०७९÷०८० मा रेविज रोगका कारण दुई जनाको मृत्यु भएको छ । 

आर्थिक वर्ष २०८०÷०८१ को चैत्र १ गतेसम्म आठ सय ९२ जना, आर्थिक वर्ष २०७९÷०८० मा दुई हजार ९० जना, आर्थिक वर्ष २०७८÷०७९ एक हजार पाँच सय ७५ जना, आर्थिक वर्ष  २०७७÷०७८ मा एक हजार दुई सय ९६ जना आर्थिक वर्ष  २०७६÷०७७ मा एक हजार ५८ जनालाई कुकुरले टोकेको स्वास्थ्य कार्यालय जनाएको छ ।  

Basgadhi PSA_final

एन्टी रेविज भ्याक्सिन समयमा लुम्बिनी प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले रोप अस्पतालमा नपठाउँदा कुकुर बिरालो लगायत जंगली जनावरले टोकेर आएका बिरामीहरू सुई नलगाई फर्कन बाध्य छन् ।  भने बारबर्दिया नगर अस्पताल बारबर्दिया, बासगढी नगर अस्पताल बासगढी, प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा  रेबिज विरुद्धको भ्याक्सिन लगाउन गरिएता पनि पर्याप्तमा छैन । 

बर्दिया अस्पताल गुलरियामा कुकुरले टोकेर बिरामी रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउनेको संख्या बढ्दै गएपनि माग अनुसारको भ्याक्सिन नहुदाँ समस्या आउने गरेको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपानेले बताउनु भयो । 

बर्दिया अस्पताल गुलरिया बरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेले आपूर्ति व्यवस्थापन माग गरिएको भएपनि आपूर्ति व्यवस्थापन विभागमा भ्याक्सिन नभएकोले अस्पतालमा भ्याक्सिन अभाव भएको बताउनु भयो । 

नेपालको संविधानले मौलिक हक अन्तरगत धारा ३५ मा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ । त्यसैगरी जनस्वास्थ्य ऐन २०७५ मा “ प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रुपमा प्राप्त हुने अधिकार हुनेछ । भनिएको छ  ।  सोही  ऐनको दफा ३ मा “ कुनै नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन् भनिएको छ । तर अस्पतालमा एन्टी रेबिज भ्याक्सिन नहुदाँ  बिरामीहरू  मौलिक हकबाट समेत बञ्चित हुन परेको छ ।  

                                                     

Leave A Reply

Your email address will not be published.