कृष्णसार अनलाइन, गुलरिया । रोजगार सृजनाका लागि सरोकारवाला निकायसँग समन्वय बैठक गरिएको छ । । भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप)ले समन्वय बैठकको आयोजना गरिएको हो ।
बालबालिका, किशोरकिशोरी, युवा र विपन्न परिवारलाई लक्षित गरी बी –ग्रुपले सन् २०२३ मा ७३ जनालाई स्वरोजगार बनाउने उद्देश्यले तालिम दिएको छ । बारबर्दिया नगरपालिका , मधुवन नगरपालिका , ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका गरी ७३ जनालाई स्वरोजगार तालका दिएको बी – ग्रुपले जनाएको छ ।
गुलरिया नगरपालिका –६ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता सुधांशुप्रकाश शर्माले गुलरिया नगरपालिकाको उत्पादनको क्षेत्रमा लगानी गरेर उत्पादनमा जोडदिनु पर्ने बताउनु भयो । उहाँले स्थानीय युवाले स्वरोजगार भएर उत्पादन गरेको सामाग्रीको बजारीकरण गरेर स्थानीय उत्पादन एकैठाउँबाट किन्न मिल्ने गरी बिक्री केन्द्र स्थापना गर्न जरुरी रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘भेरी वातावरणीय विशिष्टता समूह (बी– ग्रुप)ले दिएको तालिम लिएर उधमी भएका उद्यमीको विवरण पालिका रहेको स्वरोजगार शाखामा राख्ने जरुरी छ । पालिकाले नै विभिन्न संघसंस्था, व्यक्तिहरू लगायतको ठाँउमा जनशक्तिको व्यवस्थापन गर्ने गरी काम गर्न सकेमा उद्यमीहरू स्वरोजगार बन्ने सक्ने सम्भावना बढेर जान्छ । त्यसकारण पनि संस्था र पालिकाको बीचमा सहकार्य हुन जरुरी छ । ’
भेरी वातावरणीय विशिष्टता समूह (बी –ग्रुप)का प्रबन्धक बीर्खराज उपाध्यायले विद्यालय भन्दा बाहिर रहेका बालबालिका विद्यालयसम्म ल्याउने , समाजमा रहेका गलत अभ्यासलाई परिवर्तन गर्ने र बाल अधिकारको संरक्षण गर्दै बालविवाह न्यूनिकरणको काम गर्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, बी–ग्रुपले व्यवसायिक योजना तालिम, जीवन उपयोगी सीप तालिम महिला मैत्री तालिमहरू तथा अभिमुखीकरण र सुरक्षा सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छौ । यो कार्यक्रम बालविवाह न्यूनिकरण परियोजना अन्तर्गत सञ्चालनमा रहेको छ ।
कार्यक्रममा बोल्दै उद्योग उद्योग वाणिज्य संघ बर्दिया गुलरिया बरिष्ठ उपाध्यक्ष इन्द्र बहादुर श्रेष्ठले कतिपय दक्ष काम खोज्दा नपाउँदा भारतबाट बोलाउनु पर्ने बाध्यता रहेका बताउनु भयो । उहाँले भन्नुभयो ‘तालिम प्राप्त गरेको जनशक्तिको विवरणको बारेमा व्यापारीहरूलाई जानकारी गराएका सो जनशक्तिलाई कामको व्यवस्थापन गर्न व्यापारसँग तयार रहेको छ । ’
भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप)का कार्यक्रम संयोजक खेमराज भण्डारीले सम्भावित रोजगारदाताहरूको पहिचान गरी रोजगारी सृजनाको वातावरण निर्माणका लागी पहल गर्नु संस्थाले काम गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ व्यवसायिक तालिम लिएका युवा महिलाहरूले माग गरे अनुसारको तालिम दिएको छ । उहाँहरूको रुचि अनुसारको तालिम भएकोले सिकेको सीपलाई प्रयोग गर्दै आत्मनिर्भर बन्ने विश्वास लिएको छौ । ’
जीवन उपयोगी सीप र उद्यम विकासका तालिम लिएर काम गरिरहेका व्यवसायीलाई केही मात्रामा आवश्यक सामग्री सहयोग, सहकारीहरूमा सदस्यता आवद्धता बढाउने र बचत गर्ने बानीको विकास गराउने र CTEVT बाट सीप परीक्षणका लागी सहयोग र बिभिन्न निकायहरूसँग समन्वय र सहकार्य गरि रोजगारको क्षेत्रमा युवा महिलाहरूलाई स्थापित गराउने गरी काम गरिरहेको कार्यक्रम संयोजक भण्डारीले जानकारी दिनुभयो । उहाँले प्लान इन्टरनेशन नेपालको सहयोगमा सो कार्यक्रम गर्दै आएको बताउनु भयो ।