bardiyahospital

ठाकुरबाबा –४ मा देवकोटाको उम्मेदवारी घोषणा

Geruwa GIF

 ठाकुरबाबा । नेकपा एमालेले ठाकुरबाबा नगरपालिका वडा नं ४को वडाध्यक्षको उम्मेदवार विष्णु प्रसाद देवकोटालाई उम्मेदवार उठाउने भएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा ठाकुरबाबा नगरपालिका वडा नं ४ को वडाध्यक्षमा देवकोटालाई पार्टीको तर्फबाट उम्मेदवार उठाउने भएको हो ।
उम्मेद्वारी घोषणा तथा कार्यालय उद्‌घाटन कार्यक्रममा उहाँको नाम घोषणा गरिएको हो । उहाँ यस अघि विभिन्न सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।
कार्यक्रममा नेकपा माओवादी परित्याग गरी दिपबहादुर बोगटी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । 


घोषणा तथा कार्यालय उद्घाटन कार्यक्रमको उद्‌घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं बर्दिया इन्चार्ज लक्ष्मण ज्ञवालीले वडामा नेकपा एमालेको जित सुनिश्चित भएको बताउनु भएको छ । कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य रङ्गनाथ जोशी, केन्द्रिय सदस्यहरू खडक बहादुर खड्का, शोभा ज्ञवाली, लुम्बिनी प्रदेश सहसचिव लिला राना,  जिल्ला अध्यक्ष शालिकराम अधिकारी, उपाध्यक्ष दुर्गा ओली, सचिव पदम ढकाल लगायत प्रदेश कमिटी सदस्य र जिल्ला  कमिटी सदस्यहरू उपस्थित रहनु भएको थियो । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.