bardiyahospital

सहकारीको अनियमितता प्रकरणमा मेरो चरित्र हत्या गरियोः– सापकोटा

Geruwa GIF

दिनेश ठाकुर, गुलरिया । बढैयाताल एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लेखा समिति संयोजक नेत्रप्रसाद सापकोटाले संस्थामा देखिएको आर्थिक अनियमितता र आफ्नो नाम जोडेर सार्वजनिक गरिएका समाचारप्रति आपत्ति जनाउँदै स्पष्टिकरण दिनु भएको छ र 

सापकोटाले शनिबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा प्रसारित समाचारहरू आफ्नो चरित्र हत्या गर्ने नियतले गरिएको भनी खण्डन गर्नु भएको छ । उहाँले २०७५ साल फागुन ११ गते तत्कालीन अकला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड एककीरण गरेर बढैयाताल एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेड गठन भएको बताउनु भयो । 

cld

एककीरण अघि दुवै संस्थाले आ–आफ्नो लेखापरीक्षण अलग्गै गराएका थिए। जनमुखी सहकारीको लेखापरीक्षण केशव पौडेल एण्ड एसोसिएट्स गरी, आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदनमा तत्कालीन अध्यक्ष डिलबहादुर केसीको कार्यकालमा रु २३ लाख ८७ हजार ८४७ रुपैयाँ ३० पैसाको हिनामिना भएको उल्लेख भएको सापकोटाले दाबी गर्नु भएको छ ।

सापकोटाका अनुसार पछिल्ला लेखापरीक्षणमा समेत सोही आर्थिक हिनामिनाको पुष्टि भइसकेको छ , हिनामिना भएको रकम फिर्ता गर्न अस्वीकार गरेको प्रमाण संस्थाका बैठक कारबाहीहरूबाट पुष्टि भएको बताउनु भयो । 

वर्तमान अध्यक्ष सावित्री भुसालको राजीनामा पनि केसीको निरन्तर दबाब र असुली प्रक्रिया अवरुद्ध पार्ने जस्ता गतिविधिका कारण भएको सापकोटाले आरोप लगाउनु भयो । संस्थाको गणपूरक सङ्ख्या नपुगी साधारणसभा सम्पन्न गरेको र कानुन विपरीत कार्यवाहक अध्यक्ष घोषणा गरिएको भन्दै सापकोटाले आन्तरिक लोकतन्त्रमाथि गम्भीर प्रहार भएको बताउनु भएको छ ।

सापकोटाले अनियमिततामा संलग्न व्यक्तिमाथि सहकारी ऐन र नियमावलीअनुसार अनुसन्धान गरी कडा कारबाही गर्न जिल्ला सहकारी सङ्घ तथा सम्बन्धित सरकारी निकाय समक्ष माग  गर्नु भएको छ ।   सहकारी सदस्यहरूलाई आर्थिक र प्रशासनिक दुरुपयोग विरुद्ध ऐक्यबद्ध भएर संस्था जोगाउन आह्वान समेत गर्नु भएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.