Division forest_Ads
Barista_Training

 विद्यार्थी माझ कर्णालीको वित्तीय साक्षरता 

Geruwa GIF

 

 राजापुर । 

Basgadhi PSA_final

कर्णाली विकास बैंक राजापुरले वित्तीय साक्षरता सम्बन्धी अभियान सञ्चालन गरेको छ । राजापुर नगरपालिका वडा नं १० स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थी माझ वित्तीय साक्षरता अभियान सञ्चालन गरिएको हो ।

अभियानमा पैसा के हो, पैसालाई कसरी सुरक्षित गर्ने , बैङ्किङ कारोबारको महत्व, सुरक्षित अनलाइन खाता, बचत के का लागि गर्ने, मोबाइल बैङ्किङ भौचर तथा चेक कसरी भर्ने लगाएतका विषय बारे विद्यार्थी माझ बैंकका प्रबन्धक कृष्ण चन्दले सहजिकरण गर्नुभयो । डिजिटल बैंक को आवश्यकता बारे प्रष्ट पार्दै प्रबन्धक चन्दले पैसा बोक्दा हराउने चोरि हुने हुँदा जुनसुकै बेला मोबाइल बैङ्किङ मार्फत आवश्यक पैसा झिक्न र राख्न पाउने बताउनु भयो । अभियानबाट बैंकमा आउने सेवाग्राहीहरूलाई बैङ्किङ सेवा सम्वन्धी सचेतना दिने सकिने समेत अपेक्षा गरेको प्रबन्धक चन्दले बताउनुभयो । प्रबन्धक चन्दले बैंकमा विभिन्न खाले सुविधा रहेको भन्दै  विद्यार्थी , विपन्नहरुले सुन्य पैसामै खाता खोल्न सकिने जानकारी दिनुभयो ।

साक्षरतामा सहभागी विद्यार्थी सुदन चौधरीले आफूहरूले वित्तीय साक्षरता कार्यक्रममा पैसा र बैंकको महत्व र सुरक्षा बारे जान्न पाउदा निकै खुशी भएको भन्दै आफुले जानेको कुरा आफ्ना अभिभावक र आफन्तहरूलाई सिकाउने बताउनु भयो । बैंकले ३ दिन अघिवाट बिभिन्न शाखा मार्फत अभियान संचालन गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.