bardiyahospital

उद्यमशीलताकाे बाटाेमा महिलाहरु, स्थानीय तह र घरेलु महासंघको साथ

Geruwa GIF

कपिलवस्तु । कपिलवस्तु नगरपलिका र साना तथा घरेलु उद्योग महासंघको सहयोगमा तालिम लिएर महिलाहरुले उद्यमशीलताको बाटो समाएका छन् ।

गत महिनादेखि  नगारपालिकाले दिँदै आएको तालिममा सहभागी महिलाहरु उद्यमी बन्न थालेका हुन् । कपिलवस्तु घरेलु तथा साना उद्योगका महासचिव  रवीन्द्र  पौडेलले  महिलाहरुलाई स्वास्थ्य तथा सरसफाई सामग्री उत्पादन गर्न तालिम दिँदै आएको बताउनु भयाे।

cld

नगरपालिकाले महिलालाई दिएको तालिममा घरायसी सरसफाइका लागि दैनिक प्रयोगमा आउने सामग्री रहेको छ । तालिममा फिनेल, हर्पिक, कोलिन, ह्याण्ड वास, टायल क्लिनर जस्ता आठ प्रकारका  सामग्री उत्पादन गर्न सिकाएका थियो । पौडेलले यस्ता विभिन्न प्रकारको तालिम महासंघले दिँदै आएको  बताउनु भयाे । उहाँले आगामी दिनमा पनि  दक्ष प्रशिक्षकमार्फत तालिम  उपलब्ध  गराउने  बताउनु भयाे  ।

स्थानीयस्तरमा उत्पादन हुँदै आएका सामग्रीलाई सही स्थानमा  सदुपयोग  ल्याउन पहल गर्दै आउनु भएका पौडेलले उद्यमशीलताका लागि तालिमका नाममा तालिम मात्र नभएर  उद्यमीहरु उत्पादन गर्ने गरेको भन्दै उहाँले स्थानीय बजेट सही ठाँउमा सदुपयोग हुनुपर्ने बताउनु भयाे ।

नगरपालिकाको अहिलेको तालिममा ३० जनाको महिला समूह सहभागी थियो । तीमध्ये तीन जनाको समूहले ‘सिर्जनशील लघु महिला उद्योग’ सञ्चालनमा ल्याउने भएका छन् । ती मध्येकी एक कमला खनालले भनिनन्, हाम्रो समूह पाँच लाख रुपियाँ लगानीमा सञ्चालन हुनेछ ।’
महिला समूहले उत्पादन गरेका सरसफाइका सामग्री कपिलवस्तु बजार, होटल, विद्यालय, अस्पतामा बिक्री हुने पौडेलले बताउनु भयाे । उत्पादन भएका सामग्री बिक्री गर्न कुनै समस्या नहुने जिकिर गर्दै उहाँले यसको बजारीकरणको सम्पूर्ण जिम्मा नगरपालिका तथा साना तथा घरेलु उद्योग महासंघले लिएको जानकारी दिनुभयाे।

महिला उद्यमीहरुले बजारमा आएका  विदेशी सामग्री भन्दा आफूहरुले गुणस्तरीय सामान उत्पादन गरी कम मूल्यमा बिक्री गर्नेगरेको दावी छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.