bardiyahospital

राजापुर सुगर मिलमा एकजना कामदारको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाको राजापुर नगरपालिका– ५, बदालपुरमा रहेको राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालिमा एकजनाको मृत्यु भएको छ । राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालिमा काम गर्ने ४५ वर्षीय सन्तोषकुमार अर्कवंशीको मृत्यु भएको हो।

सुगर मिलमा काम गर्ने अर्कवंशीको बिहान बेहोस भएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कैलालीको टीकापुरमा लगिएको थियो ।

cld

उपचारका लागि लगिएको अर्कवंशीको चिकित्सकले मृत्यु भएको जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.