
प्रकाश पौडेल, गुलरिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार वीर बहादुर कामीले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्नु भएको छ । गुलरियामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार वीर बहादुर कामीले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्नु भएको हो ।
प्रतिनिधि सभा क्षेत्र १ का उम्मेदवार कामीले संवैधानिक राजसंस्था , वैदिक सनातन हिन्दु राष्ट्र , तहगत संरचनामा सुधार र प्रशासनिक पुनस्संरचना चुनावको प्रमुख एजेन्डा प्रमुख भएको बताउनु भयो उहाँले भन्नुभयो, ‘पछिल्लो समय बढ्दै गएको भ्रष्टाचार मुक्त प्रशासन बनाउने कार्यमा पहल गर्नेछु । त्यसैगरी स्थानीय तहको चुनाब दल बिहिन बनाउन पहल गर्नेछु । भने गरिबीका रेखामुनि रहेका नागरिकलाई १ सय युनिट बिजुजी र खानेपानी निस् शुल्क वितरणका पहल गर्नेछु ।’

त्यसैगरि राष्ट्रलाई आर्थिक रुपमा सम्पन्न गराउन ५ ज लाई प्राथमिक राखेको उम्मेदवार कामीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘जलविद्युत , जंगल , जडिबुटी , जमिन र जलस्रोतलाई अधिकतम प्रयोग गरेर राष्ट्रलाई आर्थिक रुपमा सम्पन्न गराउन आवश्यक रहेको छ, त्यसलाई प्राथमिकतामा राखेर काम गर्नेछु। भने एक घर एक सवारी साधनलाई प्राथमिकतामा राखेर एक लाखमा मोटरसाइकल अनुदान दिने र आजीवन कर छुट गराउन निर्वाचित भएपछि पहल गर्नेछु ।’


