bardiyahospital

स्थायी सरकारले मात्र जनताको चाहना पुरा गर्न सक्छ – थारू 

Geruwa GIF

कृष्णसार अनलाइन । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार विष्णुप्रसाद थारूले पत्रकार भेटघाट गरी आफ्नो धारणा व्यक्त गर्नु भएको छ । प्रतिनिधि सभा क्षेत्र १ का  नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार विष्णुप्रसाद थारूले पत्रकार भेटघाट गरी आफ्नो धारणा व्यक्त गर्नु भएको हो ।

थारूले पछिल्लो समय युवा पुस्ता र जनतामा निराशा छाएको हुँदा   विशेष परिस्थितिमा दुई वर्ष अगाडि नै चुनाब हुन गइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सरकार पाँच बर्ष टिक्न सक्दा सरकारले चाहे अनुसार काम गर्न सक्दैन । जसले गर्दा जनता निराशा आउँछ  अब बन्ने सरकार कम्तिमा ५ वर्ष काम गर्न सक्ने सरकार निर्माण हुन आवश्यक छ । स्थायी सरकारले मात्र जनताको आवश्यक पूरा गर्न सक्छ ।’

cld

थारूले पत्रकार भेटघाटमा ९ वर्ष आगाडि भत्केर अलपत्र अवस्थामा रहेको जब्दीघाट पुल निर्माण, जोरपानी खोला अछरिया खोलामा पुल निर्माणको कामलाई प्राथमिकता राखेर काम गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ कतिपय गाउँमा विजुली बिस्तार र टेलिफोनको पहुँच पुग्न सकेको छैन् । त्यसलाई प्राथमिकता राखेर काम गर्नेछु । भने बर्दियामा देखा परेको वन्यजन्तुको समस्या देखि लिएर मलसम्मको समस्या छन् । त्यसलाई पुरा गर्न लागि पनेछु । अहिले निर्वाचनको समयमा सबै मतदाताको आउन नपाए पनि मतदाताको समस्या समाधान गर्नका लागि प्रतिवद्ध रहेको छु ।  यो सन्देश सञ्चार माध्यमबाट स्थानीय  पुगोस् भने चाहना व्यक्त गरेको छु ।’

छोटो समयको हुँदा सबै ठाउँमा मत माग्न पुगेको छैन । मतदाताको बीचमा  आउने चाहना हुने हुँदाहुँदै आउन सकिन यो सन्देश सञ्चार आम मतदातासम्म पुगोस् भन्ने चाहना राखेको छु ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.