
कृष्णसार अनलाइन । बर्दियाली जनताको समस्यासँग परिचित भएको हुँदा त्यसलाई समाधान गर्न लाग्ने नेकपा एमालेबाट प्रतिनिधि सभा क्षेत्र १ का उम्मेदवार शालिकराम अधिकारीले बताउनु भयो । नेकपा एमालेको अध्यक्ष भएर काम गरिरहँदा बर्दियाली जनताको समस्यासँग परिचित हुने अवसर पाएको हुँदा त्यसलाई समाधान गर्न लाग्ने बताउनु भयो ।
प्राकृतिक रुपमा सम्पन्न रहेको जिल्लाको विकासका लागि आवश्यक पर्ने योजना निर्माण र जिल्ला देखिएको कतिपय समस्याको कानुनी रुपमा समाधान खोज्नु पर्ने भएको हुँदा त्यसलाई समाधान गर्न लाग्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीपुल निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गर्ने मैले प्रतिवद्धता व्यक्त गरेको छु । भने त्यस बाहेक कृषि क्षेत्रमा, शिक्षा क्षेत्रमा, भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा देखिएको समस्या समाधान गर्न पालिकाको प्रमुख हुँदा पनि काम गरे । भने मैले थारू समुदायमा रहेको बडघर प्रथालाई कानुनी मान्यता दिनका लागि स्थानीय तहमा कानुन निर्माण गर्न भूमिका खेलेको खेले । तर कतिपय काम पालिका प्रमुख भएर गर्न नसकिने हुँदा बाँकी रहेका अधुरा काम गर्नका लागि पार्टीको तर्फबाट उम्मेदवारी दिएको छु ।’

स्थानीय तहको प्रमुख हुँदा र पार्टीको जिम्मेवार पदमा बस्दा बसेर काम गर्दा जनताको पीडाबाट परिचित भएको हुँदा त्यसलाई समाधान गर्न लाग्ने जानकारी दिनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, मल बीउ, भौतिक निर्माण, पर्यटनका क्षेत्र , लगायतका धेरै ठाउँमा समस्या रहेको हुँदा त्यसलाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सुशासन , भ्रष्टाचार मुक्त राष्ट्र बनाउन एक सांसदको रुपमा काम गर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘ निर्वाचन क्षेत्रको भूगोल ठूलो भएको हुँदा हरेक मतदाताको जान नसकेपनि मतदाताको समस्यालाई समाधान गर्न म निरन्तर रुपमा खटिने यहाँहरूलाई विश्वास दिलाउन चाहान्छु ।’


