bardiyahospital

महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरणा कार्यक्रम सञ्चालन

Geruwa GIF

सर्लाही, ४ जेष्ठ । किशोरीहरुलाई महिनावारी स्वास्थ्य र सरसफाई बारे संवेदनशील बनाउन जिल्लाको दक्षिण पूर्वी पालिकाहरु हरिपूर्वा नगरपालिका र पर्सा गाउँ पालिकामा महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको हो ।

बागमती सेवा समाजका स्पोन्सरसीप क्वालिटी नियत्रण अधिकृत रजना श्रेष्ठ भन्नुहुन्छ, ‘महिनावारी जीवनको एक सामान्य प्रक्रिया हो तर अझ सम्म पनि समुदायमा महिनावारी स्वच्छता सम्बन्धी अभ्यासमा किशोरी तथा महिलाहरुले धेरै किसिमका अवरोधहरु सामना गर्दै आएका छन् ।’ अधिकृत श्रेष्ठ भन्नुहुन्छ ‘किशोरीकिशोरीको यौन स्वास्थ्य सम्बन्धी शिक्षामा प्रजनन् स्वास्थ्य वा मासिक महिनावारी स्वास्थ्यमा निरन्तर पहुँछ छैन भएका शिक्षकहरु पनि यस विषय सम्बन्धी खुलेर छलफल गर्न धक मान्छन् भने विद्याथीहरु पनि शिक्षकहरुसँग लाज मान्ने गर्छन साथै अभिभावकहरुले पनि जानेका कुरा तथा अनुभवहरु आफ्ना बालबालिकासँग छलफल गर्ने अभ्यास निकै नै कम छ जसले गर्दा कति बेला के नगर्ने,के गर्ने भन्ने कार्र्य गर्न नजान्दा किशोरकिशोरीहरुले विभिन्न किसिमका शारीरिक तथा मानसिक तनाव झेल्नु परेका छन् । ’ महिनावारी स्वच्छता सम्बन्धी २० जना किशोरीहरुलाई तीन दिनको तालिम दिएका छौं र उनीहरुले विद्यालय अध्ययनरत तथा अन्य किशोरी, महिलाहरुलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण थालेका छन् ।

cld

जसबाट किशोरीहरुले व्यक्तिगत सरसफाई अध्यास बारे थाहा पाउनेछन्, महिनावारी स्वास्थ्य व्यवस्थापन सीप वृद्धि हुन तथा यस सम्बन्धी विभिन्न शारीकि रोग लाग्न बाट जोगिनु, एवम् किशोरीहरुको मनोसामाजिक सु–स्वास्थ्यमा प्रवद्र्धन गर्दै उनीहरुको दैनिकीमा सहयोग पुग्ने बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले जानकारी दिनुभयाे ।

बालस्पोन्सरसीप परियोजना अन्तर्गत बागमती सेवा समाज नेपालले वल्ड भिजिन ईन्टरनेशनलको साझेदारीमा महिनाबारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको हो । कम्तीमा पनि २ साता सम्म चल्लने कार्यक्रममा वडा, विद्यालय, क्लब, आमा समुह लगायत समुदायमा आधारित अन्य संघसंस्थाहरुसँग समन्वय र सहकार्य गर्दै कार्यक्रमले हरिपूर्वा र पर्सा दुवै पालिकाका ३२ सय किशोरी तथा महिलाहरुलाई समेट्ने योजना रहेको संयोजक बादेले बताउनु भयाे।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.