bardiyahospital

कारागारभित्र क्षयरोग पत्ता लगाउन क्षयरोगको सक्रिय खोजपड्ताल शिविर 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया कारागारमा रहेका कैदी तथा थुनुवाको क्षयरोगको सक्रिय खोजपड्ताल गरिएको छ । कारागारभित्र रहेका पुरुष कैदी तथा थुनुवाको र महिला कैदी तथा थुनुवाको क्षयरोगको सक्रिय खोजपड्ताल गरिएको हो ।

कारागारभित्र बस्ने कैदी र थुनुवामा क्षयरोग रोग छ वा छैन भनेर AI- X-Rey विधिद्वारा क्षयरोगको सक्रिय खोजपड्ताल गरिएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले बताउनु भयो ।

cld

उहाँले भन्नुभयो, ‘क्षयरोग श्वास–प्रश्वासको माध्यमले सर्ने सरुवा रोग हो । कागारारमा बस्ने कैदीबन्दी र थुनुवा बन्दी समूहमा बस्ने भएको हुँदा पनि क्षयरोगको सक्रिय खोजपड्ताल गरिएको हो । खोजपड्ताल शिविरमा स्वास्थ्य निर्देशनालयको आयोजना, विराट नेपाल मेडिकल ट्रस्टको प्राविधिक सहयोग र स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा गरिएको हो ।

दुई दिनसम्म भएको खोजपड्ताल क्याम्पमा  ७१ जना महिला कैदी तथा थुनुवा बन्दी र ३६८ जना पुरुष कैदी तथा थुनुवा बन्दी गरी जम्मा ४३९ जनाको AI- X-Rey  विधिबाट क्षयरोगको खोजपड्ताल गरिएको थियो । जसमध्ये  महिला कैदी तथा थुनुवा बन्दीमध्ये १२ जनाको र पुरुष कैदी तथा थुनुवा बन्दीमध्ये ५८ जनाको खकारको नमुना संकलन गरिएको छ ।

क्षयरोगको सक्रिय खोजपड्ताल कारागारमा वैशाख ११ र १२ गतेसम्म दुई दिनसम्म भएको थियो । कारागारभित्र भएको खकारको नमुना संकलन जाँच गर्नका लागि बर्दिया अस्पताल गुलरियामा पठाइएको जनस्वास्थ्य निरीक्षक चौधरीले जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.