bardiyahospital

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । दुर्घटनामा परेर गुलरिया नगरपालिका, १२ का २५ वर्षीय ओमकार थारूको मृत्यु भएको हो । 

मैनापोखरबाट बाँसगढीतर्फ जाँदै गरेको भे ५ प ९१६१ नम्बरको मोटरसाइकल र बाँसगढीबाट मैनापोखर तर्फ आउँदै गरेको भे ११ प ८५७६ नम्बरको मोटरसाइकल बासगढी नगरपालिका, ५ मोतिपुरको जंगलमा एकआपसमा ठोक्किएका थिए । भे ५ प ९१६१ नम्बरको मोटरसाइकल भारतको लौकाहीका १८ वर्षीय साहबुद्दिन खानले चलाएका थिए । मोटरसाइकलमा सोही ठाउँका २० वर्षीय जमाल खान पनि सवार थिए । त्यसैगरी भे ११ प ८५७६ नम्बरको मोटरसाइकल बारबर्दिया नगरपालिका, ३ का आशिष थारूले चलाएका थिए । उक्त मोटरसाइकलको पछाडि ओमकार थारू र बाँसगढी नगरपालिका–७ का १८ वर्षीय रमन थारू सवार थिए ।

cld

 दुर्घटनामा घाइते भएका आशिष थारूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । रमन थारूको बाँसगढीस्थित कौशिल्या अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका भारतीय नागरिक साहबुद्दिन खान र जमाल खानलाई थप उपचारका लागि भारत पठाइएको प्रहरीले जनाएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.