bardiyahospital

प्रदेश स्तरीय नेतृत्व विकास तालिम सम्पन्न

Geruwa GIF

प्रकाश पाैडेल, गुलरिया । मुक्त कमैया समाजका पदाधिकारीको नेतृत्व विकास गराउने उदेश्यले प्रदेश स्तरीय नेतृत्व विकास तथा कार्ययोजना निर्माण तालिम दिइएको छ । बर्दिया, बाँके, दाङ, कैलाली र कञ्चनपुरका मुक्त कमैया समाजका पदाधिकारीलाई चार दिने तालिम दिइएको हो ।

तालिम कमैया महिला जागरण समाज नेपाल र एक्सन एड नेपालको संयुक्त साझेदारी तथा मुक्त कमैया समाजसँगको सहकार्यका गरिएको हो । तालिमले समाजका पदाधिकारीको नेतृत्व विकास गरी समुदायका रहेका कमैयाका लागि काम गर्न सक्षम बनाउने उदेश्यले सञ्चालन गरिएको थियो ।

cld

मुक्त कमैया समाजका केन्द्रिय अध्यक्ष पशुपति चौधरीले कमैयाको अधिकार स्थापित गर्न निरन्तर रुपमा संगठित भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले तालिम लिए पश्चात संगठन निर्माण गर्न, योजना निर्माण गर्न र समुदायमा गरिने व्यवहार र प्रस्तुतिकरणमा फरकपन आउनुु पर्नेमा जोड दिनुभयो । उहाँले अधिकार प्राप्त गर्नका लागि गरिने हरेक आन्दोलनमा आपूm पनि सँगसँगै रहने बताउनु भयो ।

कमैया महिला जागरण समाज नेपालकी अध्यक्ष विरुनी थारुले कमैयाको जग्गामा स्वामित्व हुनुपर्ने, लालपुर्जा भएका तर जमिन नभएकालाई जमिन उपलब्ध हुनुपर्ने, स्वास्थ्य र शिक्षा निशुल्क हुनुपर्ने, छुट कमैयाको पहिचान हुनुपर्ने लगाएत साझा मुद्दामा एकजुट भएर लाग्नुपर्ने बताउनु भयो । उहाँले तीनवटा सरकारसँग आफ्ना अधिकार स्थापित गर्न आफ्नो आफ्नो तहतप्काबाट लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुक्त कमैयाका छोराछोरीहरु सरकारी सेवामा प्रवेश पाउने अवसरबाट बञ्चित हुनु परेको बताउँदै उचित शिक्षा लगायत आरक्षणका माध्यमबाट भएपनि उनीहरुलाई अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

एक्सन एड नेपालका कार्यक्रम संयोजक सुजात श्रमाणेरले तालिममा सहभागि भएकाहरुले आवाज विहिनहरुको आवाज उठाउन गाँउवस्तीसम्म गएर काम गर्नु सुझाव दिनु भयो । उहाँले कमैयाको समस्याको पहिचान गरी समस्याको समाधान गर्न आवश्यक पर्ने कार्यक्रममा सहायोग गर्न संस्था तयार रहेको बताउनु भयो ।

नेपालमा कृषिमा आधारित बँधुवा श्रमको अन्त्य परियोजना अन्तर्गत सञ्चालित तालिममा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका ४८ जना सहभागिको सहभागिता रहेको थियो । भदौ ३ देखि ६ गतेसम्म भएको तालिमका सहभागिलाई प्रमाणपत्र समेत दिइएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.