
काठमाडौँ । भारतको छत्तीसगढस्थित तुलसी गाउँमा सोसल मिडियाले आर्थिक तथा सामाजिक क्रान्ति नै ल्याइदिएको छ । यो गाउँ विश्वमै युट्युबले पारेको प्रभाव प्रदर्शन गर्ने एक शसक्त उदाहरण हो ।
गत सेप्टेम्बरमा उक्त गाउँमा पुग्दा ३२ वर्षीय युट्युबर जय बर्माले आफ्नो नयाँ भिडियोमा समावेश हुनका लागि खेतबारीमा काम गर्नका लागि जान थालेको महिलाहरूको एक समूहसँग आग्रह गरिरहनु भएको थियो । त्यसपछि महिलाहरू उहाँको वरिपरि जम्मा हुनुभयो । उहाँहरूले आफूले लगाएको सारी मिलाउँदै छोटा छोटा शब्दहरूसँगै मुस्कान दिइरहनु भएको थियो ।

बर्माले एक वृद्ध महिलालाई प्लास्टिकको कुर्सीमा बसाल्नु भयो र अर्को एकजनालाई उहाँले खुट्टा छुन लगाउनु भयो । त्यस्तै तेश्रो व्यक्तिलाई चाहिँ पानी ल्याएर वृद्धालाई दिन अह्राए र उक्त ग्रामीण परिवेश झल्काउने अभिनयको भिडियो खिच्नु भयो । उहाँको भिडियो युट्युबमा हजारौँ मानिसले हेर्छन् । बर्माका यस्ता गतिविधिप्रति परिचित स्थानीय महिलाहरू उहाँले अह्राए बमोजिम गर्न राजी हुन्छन् । बर्माले उक्त क्षणको भिडियो खिचेपछि उहाँहरु खेतबारीको काममा जानुभयो ।
त्यसको केही पर अर्को समूह आफ्नो नयाँ युट्युब भिडियो निर्माणमा जुटिरहेको थियो । २६ वर्षका राजेश दिवारले हिपअप सङ्गीतको धुनमा प्रस्तुती दिइरहँदा अर्का एकजनाले मोबाइलबाट अको भिडियो खिचिरहेका थिए ।
तुलसी गाउँ पनि भारतका अन्य सामान्य गाउँजस्तै एकतले घर भएका तथा आंशिक रुपमा पिच सडकले छोएको गाउँ हो । घरमा छत छतमा पानीका ट्याङ्की देखिन्छन् भने बरपीपलको ठूला रूख र त्यसमुनिको चौतारीमा मानिसहर जम्मा हुन्छन् । तर, यी सबै पारम्परिक ग्रामीण परिवेशका बावजुत तुलसी गाउँको अर्को अत्याधुनिक परिचय पनि छ । यो गाउँ भारतको युट्युब गाउँको नामले चिनिन्छ ।
यो गाउँमा झण्डै ४ हजार जनाको बसोबास रहेकोमा करिब १ हजारले विभिन्न हैसियतमा युट्युबमा काम गर्ने गरेको पाइन्छ । गाउँमा सायद त्यस्ता कोहीपनि मानिस फेला पर्न गाह्रो हुन्छ जो कुनैपनि युट्युब भिडियोमा नदेखिएका होस् ।
अनि, युट्युबबाट आर्जन हुने पैसाले गाउँको स्थानीय अर्थतन्त्रमा रकमान्तरण ल्याएको छ । गाउँलेहरूको अनुसार वित्तीय लाभका अतिरिक्त युट्युबले समानता र सामाजिक परिवर्तनमा पनि भूमिका खेलेको छ । आफ्नै युट्युब च्यानल मार्फत् नाम र दाम दुवै कमाउनेमा गाउँका कतिपय यस्ता महिलाहरू हुनुहुन्छ । जसले त्यसअघि प्रगतिको कुनै अवसर नै पाएका थिएनन् ।
स्थानीय ४९ वर्षीय किसान नेत्रम यादव भन्नुहुन्छ, ‘युट्युबले गाउँका बालबालिकाहरुलाई खराब आनीबानी तथा अपराधबाट टाढै राख्न सहयोग गरेको छ । युट्युबका कन्टेन्ट क्रियटर्सले सबै गाउँलेलाई गौरवान्वित बनाउने काम गरेका छन् ।’
सोसल मिडिया क्रान्ति
तुलसी गाउँमा सन् २०१८ देखि युट्युब रूपान्तरण सुरु भएको हो । सबैभन्दा पहिले वर्मा र उहाँका साथी ज्ञानेन्द्र शुक्लाले ‘बिइंग छत्तिसगढिया’ नामक युट्युब च्यानल सुरु गनुभयो ।
उहाँहरुले आफ्नो युट्युब च्यानलमा राखेको तेश्रो भिडियो निकै चर्चित बन्यो । त्यस भिडियोमा उहाँहरूले भ्यालेन्टाइन्स डे मा एक जोडीलाई बजरंग दलका कार्यकर्ताले दुव्र्यवहार गरिरहेको दृश्य समेट्नु भएको थियो । त्यो भिडियो निकै भाइरल बन्यो ।
उहाँहरुले केही महिनामै दशौँ हजार फलोअर्स बनाउन सफल हुनुभयो । जसमा डेढ लाख सब्सक्राइबर तथा २६ करोड भन्दा धेरै भ्यूज पुगिकेको छ ।
सुरुमा त वर्मा र शुक्लाका परिवारले उहाँहरु सोसल मिडियामै झुण्डिरहेको मन पराएनन् । तर, जब उहाँहरूले युट्युब भिडियोबाट पैसा कमाउन थाल्नुभयो, तब परिवारजनलाई पनि सन्तोष मिल्यो ।
शुक्ला भन्नुहुन्छ्, ‘हामीले महिनाको करीब ३० हजार भारु जति कमाउन थाल्यौँ र हामीलाई सहयोग गर्ने समूहका साथीहरुलाई केही आर्थिक मद्दत गर्न सक्ने भयौँ।’ त्यसपछि उनी र वर्मा दुवैजना युट्युबमा होलटाइमर बन्नु भयो र आफ्नो जागिर नै छोडिदिनु भयो ।
ती दुई युवाको जोडी अरु गाउँलेहरूको लागि प्रेरणाको श्रोत बन्यो । वर्मा र शुक्लाले आफ्ना युट्युब भिडियोमा अभिनय गर्ने कलाकारलाई पारिश्रमिक दिने र अरु युवालाई युट्युब सामाग्री निर्माण, सम्पादन तथा स्क्रिप्ट लेखन सम्बन्धी तालिम पनि दिइयो ।
गाउँमा बढेको युट्युबको क्रेज स्थानीय प्रशासनको आँखामा प¥यो । गाउँले सर्जकहरुबाट प्रभावित भएर राज्य सरकारले सन् २०२३ मा तुलसी गाउँमा एउटा सुविधा सम्पन्न स्टुडियो निर्माण गरिदियो ।
पूर्व कलेक्टर समेत रहनु भएका वरिष्ठ निजामती कर्मचारी सर्भेश्वर भुरे चाहिँ तुलसी गाउँको युट्युब क्रेजलाई देशमा डिजिटल डिभाइडको समस्या सम्बोधन गर्ने अवसरको रुपमा लिनु हुन्छ ।
उहाँ भन्नुहुन्छ , ‘मैले उक्त स्टुडियो प्रदान गरेर ग्रामीण र सहरी जीवनबीचको खाडलर पुर्न चाहन्छु । उनीहरुका भिडियो निकै प्रभावशाली तथा सशक्त सन्देशमूलक छन् । ती भिडियो दशौँ लाखले हेर्दछन् । स्टुडियो निर्माण गर्ने कदम उनीहरुमा उत्प्रेरणा जगाउने प्रयास हो ।’
स्टुडियो निर्माणको काइदाले काम ग¥यो । गाउँका सयौँ मानिसको लागि अहिले युट्युब नै जीवनयापनको मूख्य श्रोत बनेको छ । गाउँका कतिपय युट्युबरहरु अहिले शहरसम्मै चर्चित बनेका छन् ।
फोनदेखि ठूलो पर्दासम्म
गाउँका युट्युबरहरु मध्ये २७ वर्षकी पिंकी साहु सबैभन्दा ठूलो सेलिब्रेटी हुनुहुन्छ । खेतीपाती गर्ने परम्परागत गाउँमा जन्मे हुर्केर अभिनेत्री तथा नर्तकी बन्ने सपना केवल टाढाको कल्पना जस्तो मात्रै लाग्थ्यो । किनकि परिवारजनले कला क्षेत्रमा अभिनय गर्ने कामलाई राम्रो दृष्टिकोणले हेर्दैनथे ।
तर, परिवार तथा समाजको आलोचनाका बावजुत पिंकीले आफ्ना नृत्यका भिडियोहरु खिचेर इन्स्टाग्राम रील्स तथा युट्युब शर्टस् अपलोड गर्न थाल्नुभयो । जब उहाँका भिडियोहरु ‘बिइंग छत्तिसगढिया’का स्थापकले देख्नु भयो, तब उनीहरुले पिंकीलाई उहाँको प्रोडक्सन टिममा जागिर दिइयो ।
त्यो क्षण आफ्नो लागि सपना पूरा भएको क्षणको रुपमा रहेको पिंकी बताउनु हुन्छ । उक्त युट्युब च्यानलमा उहाँका भिडियोहरु धेरैले मन पराएसँगै स्थानीय फिल्म निर्माताहरुको ध्यानाकृष्ट भयो । त्यसपछि उनले फिल्ममा खेल्ने मौका पाउनु भयो । हालसम्म उहाँले ७ वटा फिल्ममा अभिनय गरिसक्नु भएको छ ।
तुलसी गाउँकै बासिन्दा आदित्य बगेलले कलेज पढि रहनु भएका्े छ । वर्मा र शुक्लाको युट्युब च्यानलबाट उहाँ पनि प्रभावित भए र आफ्नै युट्युब च्यानल सुरु गर्ने निधो गर्नु भयो । त्यसपछि उहाँले आफ्नो युट्युब च्यानल खोलेर भिडियोहरु अपलोड गर्दै जानुभयो र वर्षमा २० हजार फलोअर्स जम्मा गर्न सफल भए ।
त्यसपछि उहाँले युट्युबबाट पैसा कमाउन पनि सफल हुनुुभयो । यतिमात्र होइन उहाँले बिइंग छत्तिसगढियामा लेखन र निर्देशनको जागिर पनि पाउनु भयो । उनको सफलता त्यत्तिमा रोकिएन । रायपुर सहरको एक प्रोडक्सन हाउसले उहाँको युट्युबको काम देखेर उहाँलाई कर्मचारीको रुपमा भित्रायो । उहाँले ठूलो बजेटको आसन्न फिल्म खारुन पारमा कथालेखन तथा सह निर्देशकको जिम्मेवारी पाउनु भएको छ ।
त्यसैगरी ३८ वर्षका मनोज यादव पनि युट्युबबाट करिअर सुरु गरेर अहिले सिनेमा क्षेत्रमा जमिसक्नु भएको छ । बाल्यकालमा रामायणको नाटकमा रामको भूमिका निर्वाह गर्ने उहाँले भविष्यका कुन ैदिन आफूले सोही भूमिकामा अभिनय गरेका चलचित्र छत्तिसगढका सिनेमा हलमा प्रदर्शन हुनेछन् भनेर सायद कल्पना गर्नु भएको थिएन । वर्षौँसम्म युट्युबमा आफ्नो क्षमता प्रदर्शन गर्दै आउनु भएका यादवले अन्ततः क्षेत्रीय फिल्ममा काम गर्ने अवसर पाउनु भयो, जहाँ उहाँको अभिनयको निकै प्रसंसा भयो ।
महिला सशक्तिकरण
तुलसी गाउँमा युट्युबले त्यहाँका महिलाहरुलाई प्रविधि क्रान्तिको मध्यभागमा ल्याउनमा मार्गप्रसस्त गरेको छ । तुलसी गाउँका पूर्व सरपन्च द्रौपदी वैष्णुका अनुसार भारतमा विद्यमान विभेदलाई चुनौती दिन र सामाजिक मूल्य मान्यतालाई परिवर्तन गर्नमा युट्युबमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । युट्युब भिडियोहरुले समाजमा महिलाले महिलामाथि नै गर्ने विभेदको चक्र तोड्न सहयोग गर्ने उहाँको भनाइ रहेको छ ।
हालैको एक युट्युब भिडियोमा ६१ वर्षीया द्रौपदीले भन्नुभयो, ‘मैले उक्त भूमिका निर्वाह गर्न पाउँदा निकै गौरवान्वित भएको थिएँ किनकि यसले महिलालाई सम्मान र समानताको व्यवहार गर्नुको महत्वलाई बढावा दिएको थियो । गाउँको प्रमुखको रुपमा मैले मेरो जीवनकालमा सोही मूल्यको विकास गरेँ।’ #बीबीसीबाट


