
दिनेश ठाकुर , गुलरिया । एक दशक लामो सशस्त्र युद्धको तीतो सम्झनासँगै राजापुर नगरपालिका – १० मङ्गलपुरमा आँखा रसाउने दृश्य देखियो ।
युद्धको क्रममा एकै दिन बेपत्ता पारिएका ११ जना र हत्या गरिएका ३ जना सम्झना जम्मा भएका आफन्तहरूको आँखा रसाइ रहेको थियो । भने पीडित परिवारले आफ्नो बेपत्ता भएका हत्या भएका प्रियजनको अगाडि को दीप प्रज्वलन गर्दा निकै भावुक देखिएका थिए । गरी आफ्ना प्रियजनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

२०५८ साल चैत २६ गते, शाही नेपाली सेनाले नौरङगाबाट ८ जना र मङ्गलपुरबाट ३ जनालाई बेपत्ता पारेका थियो । भने गेरुवाको ढोङपुरबाट ३ जनाको हत्या गरेको थियो । बेपत्ता पारिएका र हत्या भएका व्यक्तिको स्मृतिमा पीडित परिवारले दीप बाले भने दीप बाल्दा आँसु बगाइ रहे ।
राजापुर नगरपालिका द्वन्द्व पीडित समिति नगर अध्यक्ष लोटन कुमारी चौधरी भनुहुन्छ ,‘ मेरो श्रीमान पतिराम थारूको प्रयोग गदै आएका सबै सामान हराइसकेको छ । उहाँले बनाएको घरमा रहेको फुटेको टिनको पनि माया लागेर आउँछ । त्यहीँ भएर त्यो टिन अहिलेसम्म जतन गरेर राखेकी छु । भने घरमा पनि श्रीमानको तस्बिर घरमा झुन्ड्याएकी छु । अब सरकारले उहाँको स्मृतिमा एउटा सालिक बनाइदिएको हेर्न मन छ । ’
चैत महिना आउना साथ उहाँलाई अतीतको त्यो कालो दिन याद आउँछ । उहाँ श्रीमानको सम्झनाले बेस्सरी सताउने गर्छ । उहाँ भन्नुहुन्छ, ‘ पहिला मेरो श्रीमान् बेपत्ता भएको दिनमा एक्लै दीप बाल्ने गर्दथे । तर आज सामूहिक रुपमा दीप प्रज्वलन गर्न पाउँदा केही खुसी मिलेको छ । बेपत्ता तथा शहीदहरूको परिवार जम्मा हुन्छौ र सुखदुःख साटासाट गर्छौ ।’
गेरुवा गाउँपालिका –६ नौरङ्गाकी ठगुनी थारूले आफ्नी छोरी कमला थारूलाई रातको अँध्यारोमा सेनाले लगेको दिन सम्झँदा अझै पनि हृदय चिराचिरा गर्ने गरेको बताउनु हुन्छ । ‘चाडपर्व आउँदा छोरीको सम्झनाले मन भतभती पोल्छ, अरुका छोराछोरी घर आउँदा म पनि ढोकातिर हेर्छु, मेरी छोरी आउँछे भनेर’, आँखा पुच्दै उहाँले भन्नुभयो ।
त्यसैगरी गेरुवा गाउँपालिका – ६ नौरङ्गाकी सेञ्चुरिया थारु त्यो रात कालो रात बन्यो । जब छोरा राधुलाल थारूलाई सेना आएर गर्यो । सेनाले छोरालाई दुई दिनमा फकाइ दिने भनेर लगेपनि हालसम्म उहाँको छोराको अवस्था सार्वजनिक हुन सकेको छैन् । उहाँ भन्नुहुन्छ, ‘ राति खाना खाएर सुतिरहेको समयमा एक्कासी सेना आएर घरको ढोका फुटालेर छोरालाई लिएर गर्यो । म रुँदै तान्न गएँ, मलाई सेनाले धकल्यो, र मेरो छातीमा बन्दुक तेर्साएर तेरो छोरो दुई दिनमै फर्कन्छ भन्यो । तर आजसम्म फर्किएको छैन ।’
भावुक हुर्दै उहाँले अतितका घटना सुनाउनु भयो । यी घटनाहरु केवल कथा मात्र होइन । नेपालमा भएको शसस्त्र द्वन्द्वको घाउ हो । यो केवल व्यक्तिगत पीडाका बयान मात्र होइनन् । यो राज्यद्वारा सुनुवाइ नभएका घाउहरूको दस्तावेज हो । सशस्त्र द्वन्द्व दिएको घाउ अझै पनि निको हुन सकेको छैन् । बेपत्ता पारिएका आफन्तहरूको सम्झनामा बलेको दीपले न्यायको उज्यालो कहिले ल्याउने हो, भन्ने प्रश्न आज पनि अनुत्तरित छ ।


