bardiyahospital

अँध्यारो ~ अर्धसत्य 

कविता

Geruwa GIF

_बिष्णु पादुका

 

खुला आकाश मुनि

cld

 अँध्यारो सन्नाटा मात्र छैन 

बादलका लजालु आँसु पनि छन्

 तप्किन्छन् हत्केलामा 

झुपडीको बलेनी जस्तो 

जहाँ छानोको पानी घरभित्रै चुहेर सकिन्छ 

 

रित्तो छैन मन जस्तो आकाश 

बादलले लुकाएकै छ 

झुल्किने यादका जून ताराहरू 

मिसाएर ल्याएको छ बतासले

 तिमीले फेरेका सास

 अन्दाज गरेर 

 

कहिले पो थाक्छन् र यी आँखा 

बादललाई झर्न विवश बनाउने धर्तीको तागत 

डरले बरु धोका दिएर

 बेलाबेला डराउन दिन छोडेको छ 

– पुरै आँखा च्यातेर हेर्दा देखिने यो पूर्ण अँध्यारो पनि 

मलाई आधा सत्य मात्र हो भन्ने भ्रमले अझैसम्म छोडेको छैन 

कतै कुनै आँखामा मसम्म आउन बाँकी उज्यालो भरिएर बसेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.