
प्रकाश पौडेल, गुलरिया । टाउको माथी दाउराको भारी छ । दाउरा बेच्नका लागि प्रत्येक दिन ४÷५ किलोमिटर हिँड्नु पर्छ । घरमा पुरानो साइकल छ । तर साइकल चलाउन आउँदैन । साइकल चलाउन नजानेका गुलरिया नगरपालिका – ७ का ६८ वर्षीय सद्दीक नाउँ टाउकै दाउरा राखेर बेच्न हिँड्नु हुन्छ । दाउरा बेचेरै नाउँको परिवारको जीवन चल्दै आएको छ ।
पछिल्लो समयमा ग्यास, बिजुलीबाट चल्ने चुलोले गर्दा दाउराको माग घट्दै गएको छ । दाउराको बजार खुम्चिएको छ । आजकाल दाउरा बेच्न निकै कठिन हुन गरेको छ । जाडोमा आगो ताप्नका लागि दाउरा बिक्ने भएपनि, गर्मीमा खासै दाउराको बिक्री नहुने नाउँले बताउनु भयो । ‘ कहिलेकाहीँ दाउरा बिक्दैन । निराश भएर घर फकिन्छु । दाउरा नबिकेको दिन परिवार चलाउन खर्च कसरी व्यवस्थापन गर्ने भन्ने पीरले सताउँछ ’ नाउँले भन्नुभयो ।

जग्गाको नाममा नाउँको एकधुर जमिन पनि छैन् । नाउँ जमिन नभएका वास्तविक भूमिहीन हुन । ऐलानी जग्गामा उहाँको सानो घर छ । खरले बारेको भित्ता । माटोको खप्टाले छाएको छानो । घरको भित्ता पनि ठाउँ ठाउँमा प्वाल परेको छ ।
१८ वर्षको उमेरबाट दाउरा बेच्दै हिँडेका सद्दीक भन्नुहुन्छ, ‘दाउरा बेच्न थालेको पनि ४० वर्ष हुन थालेछ । पहिला दाउरा बिक्री सजिलै हुन्थ्यो । दाउरा किन्नेहरुले भोली पनि दाउरा ल्याइदिनु भन्थे । तर अहिले दाउरा बिक्री हुँदैन भने । र दाउरा पनि पहिलाझैँ सजिलै पाइदैन ।’उमेरले डाँडा काट्दै गएपनि परिवार चलाउने पर्ने बाध्यताले दिनरात काममा खटिनु परेको छ । उहाँले थप्नु हुन्छ ।
परिवार चलाउनका लागि नाउँले सिमावर्ती क्षेत्रमा पर्ने भारतको जङ्गलबाट दाउरा ल्याउनु हुन्छ । पछिल्लो समय दाउरा ल्याउन पनि गाह्रो हुँदै गएको छ । जंगललाई कर्तनिया वाइल्ड लाइफ सेन्चुरी बनाइएको छ । जंगललाई लाई भारतीय सरकारले कर्तनिया वाइल्ड लाइफ सेन्चुरी बनाएपछि एकतिर निकुञ्जको कानुन डर छ । भने अर्कोतिर वन्यजन्तुको डर रहेको छ ।
उमेरसँगै नाउँका कपाल र दाही फुलेका छन् । गालाहरू चाउरी परेका छन् । शरीरमा पहिला जस्तो जोश जागर छैन् । शरीरले आराम खोजिरहेको छ । तर पेटले खाना मागेको छ । त्यहीँ पेट भर्नका लागि बुद्ध भत्ता पाउने उमेरमा पनि दाउरामा भारी बोक्नु परेको छ । टाउको भारी बिसाउँदै उहाँ भन्नुहुन्छ, बिहानै घरबाट दाउरा बोकेर निस्किन्छु । दाउरा बिकेपछि पैसा लिएर फकिन्छ । नभएर दाउरा चिनेजानेको ठाउँमा लगेर राख्छु । घर फर्किन्छु । घरमा जे पाकेको छ, त्यहीँ खाएर फेरि दाउरा बेच्न हिँड्छु ।’ कहिलेकाहीँ यस्तो लाग्छ, मेरो जन्म दाउरा बेच्नका लागि भएको हो । उहाँको दुखेसो गर्नुहुन्छ ।
दाउरा बेच्नै लागि नाउँ गुलरिया विभिन्न टोलमा जानुहुन्छ । जोडा होस् वा गर्मी नाउँलाई आजसम्म कसैले पनि रोक्न सकेको छैन् । यदी दाउरा बेच्ने काम रोकियो भने नाउँको पेट भर्ने काम पनि रोकिन्छ । त्यहीँ भएर पनि नाउँ दाउरा लिएर गुलरियाको गुलरिया, तुलापुर, बेलौली, कारागार, मनकामना र सन्तोषी टोलदेखि शिक्षा समन्वय इकाइसम्म पुग्ने गरेको उहाँले बताउनु भयो ।
चुनाबका बेला मिठा मिठा भाषण गर्ने र चुनाब जितेपछि ‘ जनताका जीवन स्तरका परिवर्तन ल्याउँछु’ भन्ने दलका घोषणा पत्र र नेताजे गरेको भाषणले नाउँको जीवनमा कुनै परिवर्तन ल्याउन सकेको छैन् । यहाँसम्म कि आर्थिक रुपमा विपन्न रहेका नाउँलाई राज्यले मौलिक हकको अधिकारबाट समेत बञ्चित बनाएको छ ।
‘दाउरा बिक्री भएन भने दाल–चामल किन्ने पैसा हुँदैन । रित्तो हात घर फर्किएका दिन बालबच्चा भोक मेट्न उधारो गर्नु पर्छ । साहुले पनि आर्थिक हैसियत हेरेर उधारो दिने रहेछ । परिवारका भोक मेट्न साहुसँग हातमुख जोडेर भएपनि उधारो ल्याउँछु । कहिलेकाहीँ महँगी सम्झिएर रातभरि निन्द्रा लाग्दैन । दाउरा बेच्ने बाहेक अन्य काम सुरु गरौं भने न सीप छ, न लगानी नै छ ।’ उहाँ भन्नुहुन्छ ।
दाउरा नबिकेर हुने हैरान एकातिर छ । भने दाउरा बेच्न जाँदा हुने मोलमोलाइले झन हैरान हुन्छ । बजारमा पाइने दाल, चामल, तेल, नुन लगाएको सामानको मुल्यमा कहिले मोलमोलाइ भएको देख्दिन । दाउरा किन्ने बेला ‘यतिमा दिने भए राख्छु ’ मोलमोलाइले झनै हैरान बनाउछ उहाँ दुखेसो गर्नुहुन्छ ।
नाउँलाई चार्डवर्पका मनाउनका लागि स्थानीय मनकारी सहयोग गर्दै आएको छन् । अहिलेसम्म मासिक १४/१५ हजार कमाइ गरेर जसोतसो परिवार चलाइरहेको नाउँको एकतिर दाउरा बेच्ने पेशा संकटमा पर्दै गएको छ । भने अर्को शरीरबाट तागत हराउँदै गएको छ । ठगेर होइन काम गरेर खानुपर्छ भन्ने मान्यता राख्ने पछिल्लो समय कमजोर हुँदै गएका छन् । भने नाउँका स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ । उहाँको परिवारमा १४ छन् । तर सबै छोराहरु छुटिएर बसेका छन् । उहाँको छोरा कान्छो छोरा कपाल काट्न सिकिसकेको भएपनि आर्थिक आयआर्जन गरिसकेको छैन ।
नाउँले भन्नुहुन्छ, ‘मैले जानेका एउटै काम छ । दिनभरी जंगल जाने दाउरा खोजेर ल्याउने । भोलि पल्ट बिहान दाउरा बोकेर बेच्न हिड्ने । जबसम्म काम गर्न सक्छु, गर्छु । नसकेको दिन जे होला देखा जाएगा ।’


