
डाक्टर विजय ज्ञवाली
कविता

निस्पट्ट अँध्यारोमा
भरोसाको एउटा दियो
हावाको झोकाले
निभाउने प्रयास गर्दा
म अतालिन्छु !
आफैले आफ्नो ढुकढुकी
गनी रहँदा
आँखा अगाडि लागेको तुवाँलोले
मेरा खुशी धमिलो हुँदा
म अतालिन्छु !
तिमीले महसुस नगर्ने गरी
तिमीले अनुभूति नगर्ने गरी
हजारौंको भिडमा पनि
म एक्लो हुँदा
म अतालिन्छु !
तिमीले स्नेहले छोएका हात
म पटक पटक हेर्छु
त्यही स्नेहले म बाँचिरहेको छु
तर पनि आजकल
म अतालिन्छु !
म निरस होइन
तर आशा पनि म सित छैन
मान्छेहरूको भिडमा
म मुस्कुराउँदै
म अतालिन्छु !
लेखकः– मनोविज्ञ तथा थेरापिस्ट हुनुहुन्छ ।


