bardiyahospital

एन्जाइटी

कविता

Geruwa GIF

डाक्टर  विजय ज्ञवाली

कविता

 

cld

निस्पट्ट अँध्यारोमा

भरोसाको एउटा दियो

हावाको झोकाले

निभाउने प्रयास गर्दा

म अतालिन्छु !

 

आफैले आफ्नो ढुकढुकी

गनी रहँदा

आँखा अगाडि लागेको तुवाँलोले

मेरा खुशी धमिलो हुँदा

म अतालिन्छु !

 

तिमीले महसुस नगर्ने गरी

तिमीले अनुभूति नगर्ने गरी

हजारौंको भिडमा पनि

म एक्लो हुँदा

म अतालिन्छु !

 

तिमीले स्नेहले छोएका हात

म पटक पटक हेर्छु

त्यही स्नेहले म बाँचिरहेको छु

तर पनि आजकल

म अतालिन्छु !

 

म निरस होइन

तर आशा पनि म सित छैन

मान्छेहरूको भिडमा

मुस्कुराउँदै

म अतालिन्छु !

लेखकः– मनोविज्ञ तथा थेरापिस्ट हुनुहुन्छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.