bardiyahospital

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को बैठकले गरेको नौ निर्णय

Geruwa GIF

कृष्णसार अनलाइन । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नौ निर्णयहरू गरेको छ ।  सुशीला कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले नौ निर्णयहरू गरेको हो। 

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकालाई सहिद घोषणा गर्ने, असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने, सार्वजनिक बिदा दिने , आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्ने, मृत्यु भएकाहरूको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपुर्ति र अन्य खर्च वापत ५ लाख दिने, घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय भएको जाकारी दिनुभयो ।

cld

त्यसैगरी शव लैजानका लागि निशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने, दाहसंस्कारमा सघाउने ,आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानविन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा कारबाही गर्ने , सहादत प्राप्त गरेकाहरूको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने, अघिल्लो मन्त्रिपरिषद्मा पेश भएका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्न निर्णय भएको अर्यालले बताउनु भयो । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.