bardiyahospital

भट्टराई कोल्ड स्टोरमा राखिएको आधाभन्दा बढी आलु उम्रियो

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको बाँसगढी नगरपालिकामा रहेको भट्टराई कोल्ड स्टोरमा राखिएको आलु उम्रिएर काम नलाग्ने भएको छ।  आलुको बिउका लागि भनेर किसानले कोल्ड स्टोरमा राखेका आलु उम्रिएर काम नलाग्ने भएको हो । आलु उम्रिएर काम नलाग्ने भएपछि किसान चिन्तित भएका छन्। कोल्ड स्टोरमा राखिएको आधाभन्दा बढी आलु उम्रिएर काम नलाग्ने भएको छ ।

अघिल्लो वर्ष कोल्ड स्टोरमा राखिएको आलु पनि उम्रिएर काम नलाग्ने भएको बाँसगढी नगरपालिका– ६, दमौली पुरानो बस्तीका लक्ष्मण थारूले बताउनु भयाे । उहाँले भन्नुभयो, ‘अघिल्लो  वर्ष पनि आलुको बिउ उम्रिएर काम नलाग्ने भएको थियो । त्यही भएर  यसपटक अन्यत्रको कोल्ड स्टोरमा आलु राख्न लैजाँदै थिएँ । कोल्ड स्टोरका मुन्सीले अहिले कोल्ड स्टोर बनाएको छ । यहीँ राख्नुस् भने, कोल्ड  राख्दा आलु केही भएका क्षतिपूर्ति  दिन्छौँ भने। तर, अहिले आलु उम्रिएर काम नलाग्ने भएको छ।’  

cld

भट्टराई कोल्ड स्टोरमा राख्नका लागि कैलालीको धनगढी उपमहानगरपालिका– ९ मा रहेको बंगरा आलु उत्पादन कृषक समूहले राखेको ३४१ बोरा बिउको आलु उम्रिएर काम नलाग्ने भएको छ । बाँसगढी नगरपालिकामा रहेको कृषि शाखाका प्रमुख लालबहादुर खड्काले यसरी उम्रिएर आलु लगाउँदा २० प्रतिशतसम्म आलुको उत्पादन घट्ने बताउनु भयाे । उहाँले भन्नुभयो, ‘भट्टराई कोल्ड स्टोर गएर हेर्दा आधाभन्दा बढी आलु उम्रिएको छ। उम्रिएको आलु लगाउनै हुँदैन भनेचाहिँ हुँदैन, तर यसरी उम्रिएको आलु लगाउँदा उत्पादनमा २० प्रतिशतसम्म उत्पादन घट्न सक्छ।’

बाँसगढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्काले कोल्ड स्टोरका सञ्चालकलाई किसानले राखेको आलु कुहिएको भए, नउम्रिने भए त्यसको सट्टामा अर्को आलु दिने व्यवस्था गर्न भनेको बताउनु भयाे  । उहाँले भन्नुभयो, ‘कोल्ड स्टोरका सञ्चालकले आलुमा समस्या आएमा आलु साटेर अर्को राम्रो आलु दिन्छौँ भन्नुभएको छ। आधिकारिक रूपमा किसानले लिखित उजुरी दिए त्यसको सुनवाइ गर्ने, उहाँहरूलाई क्षतिपूर्ति दिलाउन पालिका तयार छ।’

कोल्ड स्टोरका सञ्चालक खेमराज भट्टराईले कोल्ड स्टारमा राखिएको आलु उम्रिएको काम नलाग्ने भएको भए आलुको सट्टामा आलु दिने बताउनु भयाे  । उहाँले भन्नुभयो, ‘किसानले जुन जातको आलु ल्याएर राख्नुभएको छ । त्यही जातको आलु दिन्छु । यसपटक प्राविधिक गडबडी भएर आलु उम्रिएको हो। सबै च्याम्बरमा आलु नउम्रिएर एउटा च्याम्बरमा आलु उम्रिएको हो । प्राविधिक बोलाएर चेकजाँच गराउँदा पनि प्राविधिकले पनि पत्ता लगाउन सक्नुभएन।’

लुम्बिनी प्रदेश सरकारले भट्टराई दुग्ध उद्योग प्राइभेट लिमिटेडलाई कोल्ड स्टोर निर्माण गर्नका लागि अनुदानसमेत दिएको थियो। सरकारी अनुदान रहेको कोल्ड स्टोरमा राखिएर उम्रिएको आलु लगाउँदा उत्पादन घट्ने र कृषिमा मर्कामा पर्ने देखिन्छ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.