bardiyahospital

बिषालु च्याउ खाँदा एउटै परिवारका चारजना बिरामी

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  बर्दियामा प्रजाति नखुलेको च्याउ खाँदा एउटै परिवारका चारजना बिरामी परेका छन् । गुलरिया नगरपालिका–३ खैरीका एकै परिवारका चारजनाले च्याउ खाएपछि बान्ता र पखालाको समस्या देखिएको हो ।

बिरामी हुनेमा ३८ वर्षीया रिता गोडिया, २० वर्षीया आशा गोडिया, ३१ वर्षीया ज्ञानवती गोडिया र दुई वर्षीय युवराज गोडिया रहेका छन् । उनीहरूले बुधबार दिउँसो करिब १ बजे प्रजाति नखुलेको च्याउ खाएका थिए ।च्याउ खाएपछि चारैजनालाई बान्ता हुने र पखाला लाग्ने समस्या देखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीहरूलाई उपचारका लागि साँझ करिब ६ बजे बर्दिया अस्पताल गुलरिया लगिएको थियो ।

cld

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बिरामीहरूले खाएको च्याउ कुन प्रजातिको हो भन्ने नखुलेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘च्याउ खाएर बिरामी भएका चारजनाले कुन प्रजातिको च्याउ खाएको हो भन्ने खुल्न सकेको छैन ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.