bardiyahospital

बर्दिया राष्ट्रिय निकुञ्जमा : खोर र आहाराको अभाव

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जमा समस्याग्रस्त बाघ र चितुवा राख्न निर्माण गरिएको खोरमा भरिएपछि बाघ र चितुवाको व्यवस्थापनमा समस्या हुने देखिएको छ। निकुञ्जमा रहेका खोर भरिएपछि नयाँ आउने समस्याग्रस्त बाघ वा चितुवा कहाँ राख्ने भन्ने निकुञ्जलाई चिन्ता थपिएको हो।

समस्याग्रस्त बाघ र चितुवाको बासस्थानसँगै आहारा व्यवस्थापनमा पनि निकुञ्जलाई चुनौती थपिएको छ। समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन तथा पालनपोषणका लागि निकुञ्जमा आठवटा खोर निर्माण गरिएको थियो। अहिले सबै खोरमा समस्याग्रस्त वन्यजन्तु राखिएका छन्। निकुञ्जका अनुसार खोरमा अहिले ६ वटा वयस्क बाघ, एउटा चितुवाको बच्चा र एउटा बिरामी बाघको बच्चा राखिएको छ।

cld

खोरमा राखिएका वयस्क बाघलाई एक दिन बिराएर साढे सात किलोका दरले मासु खुवाउने गरिएको छ। बाघको बच्चा र चितुवाको बच्चालाई भने एक दिन बिराएर साढे तीन किलो मासु दिने गरिएको निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी महेश न्यौपानेले बताउनु भयो । 

‘बाघको आहारा व्यवस्थापनमा मासिक तीनदेखि चार लाख रुपैयाँ खर्च हुने गरेको छ। एक दिन बिराएर ५० देखि ५५ किलो मासु ल्याएर बाघलाई खुवाउने गरिएको छ,’ न्यौपानेले भन्नुभयो, ‘कहिलेकाहीँ बाघ र चितुवालाई नहरमा डुबेर मरेका चितल लगायत वन्यजन्तुको मासुसमेत खुवाउने गरिएको छ। खोरमा रहेको समस्याग्रस्त बाघ र चितुवाको आहारा व्यवस्थापनमा वार्षिक लाखौँ खर्च हुने गरेको छ।’

निकुञ्ज आसपासबाट समस्याग्रस्त बाघ वा चितुवा उद्धार गरेर ल्याउनुपर्ने अवस्था आएमा कहाँ राख्ने भन्ने समस्या थपिएको निकुञ्जले जनाएको छ। समस्याग्रस्त बाघ र चितुवाको राख्ने खोर अभाव हुँदा आगामी दिनमा समस्याग्रस्त बाघ र चितुवाको बासस्थान व्यवस्थापन चुनौतीपूर्ण बन्ने निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.