bardiyahospital

वन विनाश भएपछि चितुवाको आक्रमण बढ्दै, सोमबार फेरि एक जना घाइते

Geruwa GIF

प्रकाश पौडेल , गुलरिया । बर्दियामा चितुवाको आक्रमणबाट एक घाइते भएका छन् । चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका, ११ विजयनगरका ४६ वर्षीय भदुवा थारू घाइते हुनु भएको छ  ।  

सामुदायिक वन रहेका रूख  धमाधम कटान भएपछि चितुवा मानवबस्ती पसेर दैनिक जस्तो मानिसलाई आक्रमण गर्ने घटना घटिरहेको छ । सोमबार आफ्नै खेतमा धान काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरी थारूलाई घाइते बनाएको हो  । घाइते स्वास्थ्य उपचार नगर अस्पताल जयनगर भएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताउनु भयो ।

cld

  दिन प्रतिदिन चितुवाको आक्रमणका घटना बढ्दै गइरहेको छ । तर  डिभिजन वन कार्यालय मानव चितुवा द्वन्द्वका घटाउने अभियान सञ्चालन गरेको छैन् । आजमात्रै डिभिजन वन कार्यालयले बढैयाताल गाउँपालिकामा रहेको सुनगाभा होटलमा वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कसरी गर्ने भन्दै बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाका  ८० भन्दा बढी वनमा उपभोक्ता समितिलाई बोलाएर तालिम दिईरहनु भएको थियो । 

वन विनाश भएसँगै चितुवाको बासस्थान विनाश भएको छ । जसले गर्दा पछिल्लो समय चितुवाको आक्रमणको घटना बढ्दै गएको देखिन्छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु र चार जना घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका सिनियर वन अधिकृत शिवबहादुर केसीले बताउनु भयो । त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा चार जना मृत्यु र १३ जना घाइते र आर्थिक वर्ष २०८०/०८१ एक जनाको मृत्यु र तीन जना घाइते भएको थिए ।  भने चितुवाको आक्रमणबाट आर्थिक वर्षमा २०७९/०८० मा कसैको मृत्यु भएन तर छ जना घाइते र आर्थिक वर्ष २०७८/०७९ मा एक जनाको मृत्यु र चार जना घाइते भएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।

पछिल्लो समयमा डिभिजन वन कार्यालयले रूख कटानको लागि अनुमति दिएको अधिकांश सालको  वन रहेको छ । डिभिजन वन कार्यालयले एकै वर्षमा एक सय ४१ वनको कार्ययोजना स्वीकृत गरी वनका रूख काट्नु र अन्य कामलाई भन्दा बढी रूख कटानको काममा सक्रिय भएर डिभिजन वन कार्यालयमा प्रमुख विजयराज सुवेदी लागेको देखिन्छ । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.