bardiyahospital

सर्पको टोकाईबाट महिलाको मृत्यु 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका ३ चैनपुरकी ३० वर्षीया  सुशीला थारूको सर्पको टोकाइबाट मृत्यु भएको  हो । 

बुधवार घरमा  पराल मिलाउने क्रममा थारूलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि थारूलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो । उपचारमा लैजाने  क्रममा नै थारूको मृत्यु भएको चिकित्सकले परिवारलाई जानकारी गराएको राजापुर नगरपालिका, ३ का वडा अध्यक्ष प्रसादु   थारूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ सर्पले  सुशीलालाई बिहान ८ बजे टोकेको थियो । उपचार गर्न लैजाँदा बाटोमा मृत्यु भएपछि नेपालगञ्जमा पोष्टमार्टम गरेर ल्याएर बिहीबार काजकिरिया गरिएको छ ।’

cld

सर्पको टोकाइबाट आर्थिक वर्ष २०८१/०८२ मा ६ जनाको मृत्यु भएको,  आर्थिक वर्ष २०८०/०८१ मा १ जनाको मृत्यु भएको, आर्थिक वर्ष २०७९/०८० मा १ जनाको मृत्यु भएको र आर्थिक वर्ष २०७८/०७९ मा ६ जनाको मृत्यु भएको  जिल्ला विपत व्यवस्थापन  समितिको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 
 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.