
प्रकाश पौडेल , गुलरिया । बर्दियाको बाँसगढी नगरपालिकामा स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाको क्षेत्र बिस्तार गरेको छ । बाँसगढी नगरपालिकामा स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दुको अनुमति दिएर क्षेत्र बिस्तार गरेको हो ।
नगर अस्पतालबाट स्वास्थ्य बिमा गरेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि पालिकाले स्वास्थ्य बिमा बोर्डसँग सम्झौता गरेको थियो ।

बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले पालिकाले पालिकाभित्र बस्ने नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बिमा बोर्डसँगै सम्झौता गरिएको बताउनु भयो । उहाँले भन्नुभयो,, ‘ नगर अस्पतालबाट दिन सक्ने सेवालाई सहज रुपमा दिनुपर्छ । त्यसका लागि अस्पतालले बिरामीलाई विश्वास दिलाउन जरुरी रहेको छ । भने अस्पतालबाट दिन नसकिने सेवालाई कहाँ पठाउने हो, त्यसमा पनि सहजीकरण गर्न र सहज रुपमा उपचार सेवा लिने वातावरण तयार गर्न जरुरी रहेको छ ।’
पालिकाले सम्झौता गरेसँगै बुधबार प्रथम सेवा बिन्दुको रुपमा बाँसगढी नगर अस्पताल पनि समावेश भएको स्वास्थ्य बोर्डका संयोजन डिकेन्द्रबहादुर बिष्टले जानकारी दिनुभयो उहाँले भन्नुभयो, ‘ बर्दियामा पाँच पालिकामा स्वास्थ्य बिमाबाट बिरामी सेवा लिर्दै आएका थिए । भने अब बाँसगढी नगरपालिकामा रहेको नगर अस्पतालबाट पनि स्वास्थ्य स्वास्थ्य सेवा लिन सकिन्छ ।’
बर्दियामा बर्दिया अस्पताल गुलरिया, बारबर्दिया नगर अस्पताल जयनगर, ठाकुरबाबा नगर अस्पताल भूरीगाउँ, राजापुर प्राथमिक स्वास्थ्य केन्द्र सोरहवा प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्यबाट स्वास्थ्य बिमा गरेका नागरिकले स्वास्थ्य सेवा लिन सक्नेछन् । भने बाँसगढी नगर अस्पतालमा आज स्वास्थ्य बिमा सञ्चालनमा आएको छ ।


