
कृष्णसार अनलाइन । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितुवाको आक्रमण परी बारबर्दिया नगरपालिका– १० की ५० वर्षीया पार्वती डाँगीको मृत्यु भएको हो ।
घरनजिकको सामुदायिक वनमा स्याउला काट्न जाँदा चितुवाको आक्रमणमा परी डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनु भयो । उहाँले भन्नुभयो, ‘दिउँसो १२ बजेको समयमा घरदेखि दक्षिणमा रहेको फेनापति सामुदायिक वनमा घाँस काट्न गएको वेला एक्कासि चितुवाले घाँटीमा आक्रमण गर्दा डाँगीको मृत्यु भएको हो ।’


