bardiyahospital

विद्यालयको स्वर्ण उत्सवमा ४२ लाखको अक्षयकोष स्थापना

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाको  बढैयाताल गाउँपालिका, ८ मा रहेको विद्याज्योति नमुना माध्यामिक विद्यालयले स्वर्ण उत्सवको अवसर पारेर ४२ लाख रुपैयाँ अक्षयकोष स्थापनाको लागि सहयोग संकलन गरेको छ । 

विद्यालयले अक्षयकोष स्थापना लागि पूर्व विद्यार्थी, अभिभावक, समाजसेवी लगायतको व्यक्तिहरू आह्वान गरेको थियो । विद्यालयले गरेको आह्वानलाई सहर्ष स्वीकार गर्दै ३३ जना दाताबाट ४२ लाख रुपियाँ अक्षयकोष स्थापनाको लागि सहयोग संकलन भएको विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले जानकारी दिनुभयो ।

cld

उहाँले भन्नुभयो, ‘ विद्यालयको स्वर्ण महोत्सवमा विद्यालयको भौतिक र आर्थिक सुधार गर्नका सहयोगको लागि आह्वान गर्ने सरसल्लाह भयो । सोही अनुसार काम गर्दै जाँदा अक्षयकोष स्थापनाको लागि ४२ लाख रुपैयाँ संकलन भएको छ । त्यसबाहेक विद्यालय हाताभित्र विद्याकी देवी सरस्वतीको मन्दिर सहयोगदाता निर्माण गरिदिनु भएको छ । त्यसबाहेक स्वर्ण जयन्ती मनाउनका लागि एक सय ६ जना सहयोगदाताका १२ लाख रुपियाँ भन्दा बढी रकम सहयोग संकलन भएको छ ।’

 अक्षयकोष स्थापनाका लागि सबैभन्दा बढी सहयोग विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी परिवारले गरेको छन् । विद्यालय परिवारले अक्षयकोषको लागि पाँच लाख पाँच रुपैयाँ  अक्षयकोष स्थापना गर्ने संकलन गरेको छ । त्यसै बाहेक सबैभन्दा धेरै व्यक्तिगत रूपमा बढैयाताल गाउँपालिका, ८ पशुपति बजारका पूर्णबहादुर मगरले बुवा स्मृतिमा डण्ड बहादुर मगरले बुवाको स्मृतिमा दुई लाख एक हजार एक सय ११ रुपियाँ अक्षयकोष स्थापना गरेका छन् । 

सहयोगदाताले  आफ्नो परिवारको सदस्यको नाममा ३३ वटा अक्षयकोष स्थापना गर्नुभएको छ, अक्षयकोष स्थापना गर्ने अधिकांश बढैयाताल गाउँपालिका कै रहेको विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले जानकारी  जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ अक्षयकोष स्थापना गर्ने मध्य अधिकांशले  अक्षयकोषमा रकम थप्दै जान्ने पनि प्रतिबद्धता व्यक्त गर्नु भएको छ । अक्षयकोषको रकम सहयोगदाताका चाहना विद्यालय र विद्यार्थीको हकहितको लागि खर्च हुन्छ । विद्यालयमा सहयोग गर्ने सहयोगीदाता पूर्व विद्यार्थी हो ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.