bardiyahospital

गुलरिया नगरपालिकामा बसोबास गर्ने करिब ५८ प्रतिशत नागरिक गरिब 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको गुलरिया नगरपालिकाभित्र बसोबास गर्ने करिब ५८ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गुलरिया नगरपालिकाभित्र बसोबास गर्ने ५७. ६३ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको पाइएको हो ।

भौगोलिक हिसाबले हेर्दा  गुलरिया सुगम छ । जिल्लाका महत्त्वपूर्ण कार्यालयहरू यहीँ छन् ।  मकै, केरा, तरकारी, गहुँ, बदाम, तोरीलगायत नगदे बाली उत्पादन हुन्छ। पालिकाले बर्सेनि गरिबी निवारणका लागि कृषि उत्पादन बढाउने भन्दै कृषि सामग्री वितरण गर्छ । तर, राष्ट्रिय तथ्याङ्क कार्यालय सार्वजनिक  गरेको तथ्याङ्क हेर्दा गुलरियाका  नागरिक आर्थिक रूपमा निकै कमजोर देखिन्छ ।

cld

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको सबैभन्दा धेरै गरिब भएको स्थानीय तहको छैटौँ नम्बरमा गुलरिया नगरपालिका परेको छ । पालिकाले आर्थिक आयआर्जनको काममा भन्दा बढी भौतिक निर्माण र सचेतनामूलक कार्यक्रममा खर्च गरेको पाइन्छ । 

पालिकाभित्र बसोबास गर्ने ७४ हजार ५०३ जनामध्ये ४२ हजार ९३६ जना ( ५७.६३ प्रतिशत ) अहिले पनि गरिब रहेको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बर्दिया सबैभन्दा बढी गरिब भएको जिल्लाको आठौँ नम्बरमा पर्छ । अहिले बर्दियामा चार लाख ५७ हजार ६१० जना मानिस बसोबास गर्दै आएका छन् । जसमध्ये एक लाख ८२ हजार ८९३ जना अझै पनि गरिबी रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.