bardiyahospital

ज्येष्ठ नागरिक र महिलालाई अगर बत्ती बनाउने तालिम

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा ज्येष्ठ नागरिक र महिलालाई अगर बत्ती बनाउने तालिम दिइएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजनामा पालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिक र महिलालाई अगर बत्ती बनाउने तालिम दिइएको हो । 

धुप हिन्दु धर्ममा पुजा गर्ने, देखि लिएर जन्म कर्मसम्म र मानिसको मृत्यु भएपछि अगरबत्ती प्रयोग हुदै आएको छ । यसरी हेर्दा अगर बत्तीको बजारीकरण गर्न सकेमा भारत लगायत अन्य देशबाट धुपको आयतलाई रोकी स्वरोजगार बनाउन सकिन्छ । 

cld

ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले सीप सिक्न उमेर छेक्दैन भने कुराका धुप बनाउन सहभागी हुनु भएको ज्येष्ठ नागरिकको सहभागिताले देखाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ हाम्रो घर आँगनमा रोपिएको फूल युक्लिप्टसका पात सुगन्धित पाउडर मिसाएर थोरै लगानीमा बनाउने सकिन्छ । यसबाट धुप निर्माण गरेर आत्मनिर्भर बन्न सकिने भएको हुँदा यसबाट आयआर्जन समेत गर्न सकिन्छ ।’

ज्येष्ठ नागरिक तथा महिलाहरूले उत्पादन गरेको अगर बत्तीलाई स्थानीय बजारमा बिक्रीवितरण गर्न सके विदेशबाट आयात हुने अगर बत्तीको रोकिन्थ्यो ।भने स्थानीय स्तरमा रोजगारी सृजना हुने थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.