bardiyahospital

बर्दियामा चैते धान लगाउन सुरु

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । हिउँदेभन्दा चैते धान राम्रो उत्पादन हुने बर्दियामा यतिवेला किसान चैते धान लगाउन व्यस्त बनेका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा चैते धान उत्पादनका हिसाबले महत्वपूर्ण मानिन्छ । राजापुर र गेरुवाका किसान वर्षौँदेखि चैते धानखेती गर्दै आएका छन् । यद्यपि, चैते धान लगाउन सिँचाइ व्यवस्था भए पनि मलको अभाव कायमै रहेको किसानको गुनासो छ ।

राजापुर नगरपालिका– ३ की कृष्णाकुमारी थारूले विगत १० वर्षदेखि चैते धान लगाउँदै आएको बताउनु भयो ।‘करिब साढे तीन बिघा जग्गामा चैते धान लगाउँदै आएका छौँ,’ उहाले भन्नुभयो, ‘‘तर, धान लगाउँदा मल नपाउने समस्या छ । राजापुरमा मल नपाएपछि मल लिनका लागि टीकापुरसम्म जानुपर्ने बाध्यता छ । हिउँदे धानभन्दा बढी चैते धान फल्छ । तर, समयमा मल नपाउने समस्या हामीले वर्षौँदेखि भोग्दै आएका छौँ ।’

cld

त्यस्तै, गेरुवा गाउँपालिका– ५ बिन्द्राकी प्रेमकुमारी चौधरीले आफूले लगातार १७ वर्षदेखि चैते धान लगाएको बताउनु भयो । । उहाँले भन्नुभयो, ‘ यस वर्ष नहर बन्न लागेकाले पानी आएन । त्यही भएर पनि यस वर्ष बारीमा मकैखेती गरेकी छु । समयमा सिँचाइको व्यवस्थापन हुन सकेको भए धान नै लगाउने थिएँ ।’ गेरुवा गाउँपालिकाको अधिकांश भाग निकुञ्जसँग जोडिएको छ । उखुबारी वन्यजन्तुको वासस्थान बन्दै गएपछि धेरैसँग उखु नलगाउने सरसल्लाह भएको समेत चौधरीले जानकारी दिनुभयो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख वीरेन्द्र पराजुलीले चालू आर्थिक वर्ष ०८२र८३ मा सात सय ५० हेक्टरमा चैते धान खेती हुने अनुमान गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘राजापुर, ठाकुरबाबा र बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा हर्दिनाथ– १, चैते– ५, हर्दिनाथ हाइब्रिड– १ जातका चैते धान खेती हुँदै आएको छ ।’

एकीकृत कृषि तथा पशुपति विकास कार्यालयका कृषि प्राविधिक अधिकृत एवं सूचना अधिकारी फिर्तुमान चौधरीले पछिल्लो समय चैते धान र धान लगाउने किसानको संख्यामा कमी आउँदै गरेको बताउनु भयो ।

‘हिउँदे धानभन्दा चैते धानको उत्पादन राम्रो हुने गरेको छ,’ उहाँले भन्नुभयो, ‘तर, उखु खेतीले गर्दा धानको खेती गर्ने किसानको संख्यामा कमी आएको छ । चैते धानमा बढी किरा लाग्ने भएकाले धानमा विषादी पनि बढी प्रयोग हुन थालेको छ ।’ सरकारले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान सुपर जोन घोषणा गरेर लगानी गर्दै आएको छ । किसानलाई आवश्यक पर्ने धान, कृषियन्त्रलगायत अनुदानसमेत दिइएको छ । तर, किसान भने धान खेती गर्न छाडेर उखु खेतीतिर लागेका छन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.