bardiyahospital

अभिलेखमा नसमेटिएको : स्वास्थ्य संस्थामा देखिएको बालविवाह  

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा बालविवाह न्यूनिकरणका लागि अनेक प्रयास भएयता पनि बालविवाह अझै रोकिएको छैन् । कानुनले २० वर्षमुनि विवाहलाई बालविवाह मानेको छ ।  स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क हेर्दा बालविवाह बढेको देखिन्छ । २० वर्ष नपुग्दै सुत्केरी हुने, गर्भवती जाँच गर्ने, परिवार नियोजनको साधन प्रयोग गर्ने र गर्भपतन गर्नेको सङ्ख्या हेर्दा  बालिकाको सङ्ख्या बढेसँगै बर्दियामा बालविवाह बढेको देखिन्छ । गाउँघरमा अझैपनि बालविवाह भइरहेको छ । २० वर्ष पूरा भएपछि मात्र विवाह दर्ता हुने भएकोले स्थानीय तहको अभिलेखमा बालविवाह भएको देखिदैन  ।

सुरक्षित मातृत्व सेवा लिन आउने बालिकाको सङ्ख्या हेर्दा बालविवाह भएको देखिन्छ । कानुनी प्रावधानले स्थानीय तहको अभिलेख बालविवाह भएको देखिदैन । तर स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा लिन आउने बालिकाको सङ्ख्या हेर्दा बालविवाह भइरहेको देखिन्छ । बालविवाहको अवस्था कस्तो छ ?  कसरी बालविवाह भइरहेको छ ? बालविवाह रोक्न के गर्नुपर्छ ?  यसबारेमा सरोकारवाला निकायको धारणा के छ ? यिनै विषयमा सरोकारवाला निकायसँग  गर्नुभएको कुराकानीको अंश ।

cld

 स्वास्थ्य कार्यालय बर्दियाकी पब्लिक हेल्थ नर्सिङ अधिकृत पदमा कुमारी श्रेष्ठका अनुसार – २० वर्ष मुनिका बालिकाहरूले  गत आर्थिक वर्ष २०८२/०८३ मा ७ सय ४५ जनाले पहिलो पटक गर्भ जाँच गराएको, ३ सय २२ जना सुत्केरी भएको, २ सय ३० जनाले परिवार नियोजन साधन प्रयोग गरेको र ८४ जनाले गर्भपतन गराएका छन् । त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा ६ सय ६९ जनाले पहिलो पटक गर्भ जाँच  गराएको २ सय ८५ जना सुत्केरी भएको २ सय १२ जनाले परिवार नियोजनको साधन प्रयोग गरेको र ९० जनाले गर्भपतन गराएको छन् । भने  आर्थिक वर्ष २०८०/८१ मा ७ सय ७५ जनाले पहिलो पटक गर्भ जाँच  गराएको ४ सय ९८ जना सुत्केरी भएको ३ सय २१ जनाले परिवार नियोजनको साधन प्रयोग गरेको र ८२ जनाले गर्भपतन गराएका छन् । यो आधिकारिक स्वास्थ्य संस्थाबाट सेवा लिने बालिकाको सङ्ख्या हो । यसबाहेक पनि बालिकाले स्वास्थ्य सेवा लिइरहेका छन् । तथ्याङ्कले पनि बालविवाह भइरहेको देखिन्छ ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृष्ण खनालका अनुसार – सानो उमेरमा विवाह गर्दा महिलाहरूमा विभिन्न स्वास्थ्य समस्याहरू देखिन्छ । सानो उमेरमा विवाह गर्दा प्रजनन अङ्ग परिपक्क नहुँदा बच्चा जन्माउन आउने बालिकाको गर्भमा रहेको बच्चाको विकास नभएको,  गर्भमा रहेको बच्चा खेर जाने, आमालाई लामो समय व्यथा लाग्ने, फिस्टुला हुने, प्रसुती हुँदा रक्तश्राव अत्याधिक हुने, आमा र बच्चाको ज्यान समेत जान सक्ने हुन्छ । भने सुत्केरी गराउँदा अप्रेसन गर्नु पर्ने हुन सक्छ । भने सानै उमेरमा विवाह गरेको बालिकामा मानसिक समस्या पनि देखिने हुन्छ ।

बर्दिया अस्पताल गुलरियाका मेडिकल रेकर्डर एवम् सूचना अधिकारी केशव न्यौपानेका अनुसार– अस्पतालमा सुत्केरी हुने आउने बालिकाको उमेर हेर्दा १५ देखि १९ वर्षका रहेका छन् । सुत्केरी हुन आउँदा बालिका परिवार साथमा आएको हुन्छन् । कहिलेकाँही श्रीमान् र श्रीमती उमेर हेर्दा दुवैजना बालबालिका हुन की भैm लाग्छ । अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा आएर आर्थिक वर्ष २०८२/०८३ मा ९६ जनाले आर्थिक वर्ष २०८१/०८२ मा ९१ जनाले, आर्थिक वर्ष २०८०/०८१ मा ७० जना बालिकाले सेवा लिएका छन् । अस्पतालमा आएर २० वर्ष भन्दा मुनिका बालिकाहरू पनि आमा भइरहेका छन् ।  

गुलरिया नगरपालिका, ११ का वडा सचिब अजय शर्माका अनुसार – विवाह दर्ताका आउँदा कतिपय महिलाले दुईवटा बच्चा लिएर आउने गरेको छन् । विवाह दर्ता गर्दा २० वर्ष पुरा भएपछि विवाह दर्ता हुने भएकोले पनि आमा बुवाको विवाह दर्ता भन्दा महिला बच्चाको जन्मदर्ता हुने गरेको देखिन्छ । विगतको तुलनमा अहिले बालविवाह गर्नेको संख्या पनि कम हुदैँ गएको छ । विवाह दर्ता हुनु भन्दा पहिला छोराछोरीको  जन्मदर्ता हुन्छ । । वडालाई बालविवाह मुक्त पालिका घोषणा गरेपछि भने बालविवाह भएको कम भएको छ । 


बढैयाताल गाउँपालिका, ९ विकास नगरका बडघर बिकास थारुका अनुसार – गाउँघरमा अझै पनि बालविवाह भइरहेको छ । पहिला पहिला मागी विवाह गर्ने चलन भएयता पनि पछिल्लो समय केटाकेटीले एकअर्कालाई मन पराएर विवाह गर्ने गरेका छन् । २० वर्ष पुरा नभएर विवाह गर्ने  केटाकेटी पनि छन् । सानो उमेरमा विवाह गर्नु हुँदैन् भनेर सम्झाउँदा …मरिदिन्छु  भन्छन् Ú त्यहीँ भएर विवाह गरेर ल्याएपनि २० वर्ष पुरा नहुने बेलासम्म घरमा बस्ने र २० वर्ष पुरा भएपछि विवाह गर्ने गरेको छन् । अरु समुदायमा भन्दा पनि थारु समुदायमा यस्तो प्रचलन बढी छ । पछिल्लो समय झट हेर्दा बालविवाह भएको जस्तो देखिदैन् । तर बालविवाह भइरहेको छ । 

महिला स्वास्थ्य स्वयंसेविका रामचन्दी थारुका अनुसार –  गाउँघरमा धार्मिक संस्कार र कानुनी रुपमा विवाह नहुँदै आमा बन्ने बालिकाको सङ्ख्या पनि धेरै रहेको छ । परिवारको सहमतिमा सँगै बसेर आमा हुने बालिकाहरू पनि छन् । आमा भइ सकेपछि  धार्मिक संस्कार र कानुनी रुपमा विवाह गर्ने गरेका छन् । कहिलेकाँही धार्मिक संस्कार अनुसार पनि विवाह हुने गरेको छ । यसरी विवाह गर्दा धेरैले उमेर ढाट्ने गरेको छन् । सानै उमेरमा विवाह गरेर बच्चा जन्मिएका बालबालिकामा कुपोषण पनि देखिने गरेको छ । बालविवाह रोक्नका लागि अनेक प्रयास  भएका छन् । तर केटाको घरमा आएर केटी बस्ने सोध्दा पाहुना आएको भन्ने गर्छन् । त्यहीँ भएर पनि बालविवाह घट्न सकेको छैन् । 

अधिवक्ता सोम खड्काका अनुसार –  विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो। मानव अधिकारको  दृष्टिकोणबाट आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाउने र आफ्नो भविष्य तय गर्ने प्रत्येक नागरिकको हक अधिकार कानुनले सुनिश्चित गरेको छ ।  नेपालमा विवाहको लागि कानुनी उमेर २० वर्ष तोकिएको छ ।  बालविवाहलाई मानव अधिकारको दृष्टिकोणबाट  बालअधिकार हनन र कानुनी रुपमा अपराधको रुपमा स्विकार गरेको छ । 

बालविवाह  हुनुमा सामाजिक एवं सांस्कृतिक मान्यता, लैङ्गिक विभेद, गरीबी, अशिक्षा, असुरक्षा जस्ता कारण  हुन् । बालविवाहले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट बञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रकृयामा सहभागी  हुने अवसरबाट पनि बञ्चित हुन्छन्। बालविवाहले एउटा मात्रै अधिकारको उल्लङ्घन नगरी जीवनचक्रमा थुप्रै अधिकार उल्लङ्घनको शृङ्खला सृजना गरी थप हिंसाको कुचक्रमा पर्ने अवस्था रहन्छ । बालविवाहको  कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरू देखिने, लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचविखन जस्ता थप हिंसाहरू बालिकाहरू प्रताडित हुन पुग्छन् । सम्बन्ध विच्छेद गर्नका लागि आउनेहरु अधिकांश बालविवाह गरेकाहरु छन् ।

बाँसगढी नगरपालिका, ६ का वडा अध्यक्ष लालबहादुर क्षेत्रीका अनुसार – बाँसगढी नगरपालिकाका अझै पनि १७ प्रतिशत बालविवाह रहेको तथ्यांकले देखाएको छ ।  बालविवाह रोकथाम र न्यूनीकरणका लागि पालिकाले महिला बालबालिका शाखा मार्फत सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ  । बालविवाह रोकथाम र न्यूनीकरणका लािग विभिन्न संघसंस्थाँग पालिकाले सहकार्य र समन्वय गरेर काम गरिरहेको छ । बालविवाह न्यूनीकरण गर्नका लागि बालबालिकालाई बालविवाह गर्न हुँदैन् भनेर बुझाउन सकेपछि मात्र बालविवाह रोकिन्छ । पािलकाले बालविवाह गर्नेको तथ्यांक हेर्दा पनि बालविवाह भइरहेको देखिन्छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.