bardiyahospital

घरको आँगनमा खेलिरहेकी बालिकाको चितुवाको आक्रमणबाट मृत्यु 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  बर्दियामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट  राजापुर नगरपालिका, १० मझरा वर्षीया १३ वर्षीया कमला सिंह ठकुरीको मृत्यु भएको  हो ।

घरको आँगनमा खेलिरहेको अवस्थामा सोमबार साँझ ५ बजे  चितुवाले आक्रमणबाट बालिकालाई बेपत्ता बनाएको थियो । बालिकालाई खोज्दै जाने क्रममा घरदेखि करिब ३ सय मिटर टाढा पश्चिम दक्षिण सिमलको झ्याङ  बालिकाको शब फेला परेको थियो । चितुवाको आक्रमणबाट मृत्यु भएकी बालिकाको घाँटी लगायत शरीरका संवेदनशील अङ्गमा गम्भीर चोटपटक लागेको  प्रहरीले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.