bardiyahospital

दुर्घटना रोक्न करिब एक दर्जन  ऐन, नियम र निर्देशिका जारी तर एक महिना तीन सय १४ जनाको मृत्यु 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । दुर्घटना रोक्न करिब एक दर्जन  ऐन, नियम र निर्देशिका जारी तर सडक दुर्घटना परेर एक महिना तीन सय १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार सडक दुर्घटनामा परेर एक  महिनामा तीन सय १४  जनाको मृत्यु भएको हो । 

नेपालको प्रमुख समस्याको रुपमा पछिल्लो समयमा सडक दुर्घटनालाई लिने गरिएको छ । फरक भौगोलिक बनोट, साँघुरो कच्चा सडक, क्षमता भन्दा बढी यात्रु बोक्ने चलन, सवारी साधन सिकाउने सिकाइ केन्द्रको अभाव जस्ता कारणले पछिल्लो समय सडक दुर्घटना बढिरहेको छ । सडक दुर्घटनामा परेर कात्तिक महिनामा तीन सय १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । 

cld

पछिल्लो सयम सडक दुर्घटनामा परेर दिनहुँ जस्तो मृत्यु हुने गरेको छ । सडक दुर्घटना रोक्न सवारी चालक, सडक यात्री पनि सचेत हुन जरुरी रहेको छ ।  सडक दुर्घटनाबाट हुने ठूलो क्षति नै मानवीय क्षति नै हो । सडक दुर्घटना परी आफन्त गुमाउनु पर्दाको परिवार र आश्रित सहनु पर्ने पीडा कल्पनीय हुन्छ ।  तर बर्दिया भएका सडक दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या हेर्दा मानवीय मृत्यु घट्दै गएको पाइन्छ । यसलाई अझै कम गर्न  जरुरी  रहेको देखिन्छ । सडक सुरक्षाका तथा सवारी दुर्घटना न्यूनीकरण गर्नका ऐन, नियम, निर्देशिका तथा कार्ययोजनाहरू पनि जारी भएको छ । तर कार्यान्वयन पक्ष फितलो हुँदा सडक दुर्घटनामा कमी आउन सकेको छैन् । 

सरकारले सडक दुर्घटना कम गर्नका लागि भन्दै सवारी तथा यातायात व्यवस्थापन ऐन, २०४९, दुर्घटनाको पहिचान र उपचार, २०५४,  सडक उपभोक्ता निर्देशिका, २०५६,  राष्ट्रिय यातायात नीति, २०५८, ल्याएको छ । त्यसैगरी  सवारी तथा यातायात व्यवस्थापन निर्देशिका, २०६०, रणनीतिक सडक सञ्जाल  गुरुयोजना, २०६२, सार्वजनिक यातायात आचार संहित, २०६८, ल्याएको छ । भने  सवारी प्रशिक्षण विद्यालय पाठ्यक्रम, २०६९, नेपाल सडक मापदण्ड, २०७०, वस बडिविल्डीब मापदण्ड, २०७४, र स्कुल बस निर्देशिका, २०७४ ल्याएको छ । तर सरकारले ल्याएको ऐन, नियम, निर्देशिकाको कार्यान्वयन पक्ष फितलो हुँदा  सडक दुर्घटनालाई कम आउन सकेको छैन् ।

 सवारी दुर्घटना न्यूनीकरण गर्न ६ पक्षको जिम्मेवारी हुने प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमितिको निष्कर्ष  निकालेको छ । समितिले २०७७ मा बुझाएको प्रतिवेदनमा नेपालमा यातायात व्यवस्थापन र सवारी सुरक्षाको लागि यातायात व्यवस्था विभाग, सडक विभाग, यातायात व्यवसायी तथा चालक , स्थानीय तह,  नेपाल प्रहरी , यात्रुलाई प्रमुख जिम्मेवार पक्ष मानेको छ  ।  सवारी दुर्घटनालाई प्रभावकारी तरिकाले दुर्घटना न्यूनीकरण गर्ने हो भने सबै पक्षले आ–आफ्नो जिम्मेवारी महसुस गरी समन्वयात्मक ढंगबाट कार्य गर्नुपर्ने समितीको निश्कर्ष रहेको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.