bardiyahospital

वन्यजन्तु जोगाउन रातमा संयुक्त गस्ती

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा वन्यजन्तुको संरक्षणका लागि रातमा गस्ती गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना र स्थानीय युवाले संयुक्त  रूपमा गस्ती गरिएको हो ।

निकुञ्जको मध्यवर्ती क्षेत्र र सामुदायिक वन वरपर हुन सक्ने वन्यजन्तुको चोरी सिकारलाई नियन्त्रण गर्न संरक्षण गर्न निकुञ्ज, नेपाली सेना र  स्थानीय युवाले संयुक्त  रूपमा गस्ती गरेका हुन् । निकुञ्ज तथा निकुञ्जसँग जोडिएको सामुदायिक वनमा पाइने बाघ, हात्ती, गैँडा चित्तल, रतुवा, बाह्रसिंगे लगायत चराचुरुङ्गी, नदीमा पाइने गोही, घडियाल, सर्पलगायत वन्यजन्तुको संरक्षणमा बर्दिया राष्ट्रिय निकुञ्ज, निकुञ्जको सुरक्षामा तैनाथ जबरजंग गण  र  स्थानीय समुदायको महत्त्वपूर्ण योगदान रहेको छ। 

cld

मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा कसैले अवैध गतिविधि गरेमा वा शङ्कास्पद व्यवहार देखाएमा समुदायले निकुञ्ज र नेपाली सेनालाई खबर गर्ने गरेका छन् । बिहीबार राति बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र जबरजंग गणका नेपाली सेना  र स्थानीय युवाहरूको टोली मिलेर चोरी सिकार हुन सक्ने सम्भावना भएको स्थानमा पैदल गस्ती गरेको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष गोविन्द चौधरीले बताउनु भयो । 

 उहाँले भन्नुभयो, ‘ निकुञ्ज, सेना र स्थानीयको संयुक्त प्रयासले निकुञ्जमा पाइने पाटेबाघ, गैँडा, हात्तीको र अन्य वन्यजन्तुको संरक्षण भएको हो । निकुञ्ज र सामुदायिक वनमा पाइने वन्यजन्तुको संरक्षणले भएको कारणले बर्दियामा पर्यटन आएका हुन् । त्यहीँ भएर वन्यजन्तुको वासस्थान भएको स्थान र वन्यजन्तु हिँडडुल गर्ने स्थानमा संयुक्त रूपमा गस्ती गरिएको हो।’

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.