bardiyahospital

बर्दियामा  ४३  जना आमाको मृत्यु 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  बर्दियामा छ वर्षमा ४३  जना आमाको मृत्यु भएको छ । आर्थिक अभाव, जनचेतनाको कमी, समयमा स्वास्थ्यको अभाव, पोषिलो आहाराको अभाव, पारिवारिक रेखदेखको अभावले ४३  जना आमाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार चालू आर्थिक २०८३/०८४ को हालसम्म १ जनाको गत आर्थिक वर्ष २०८२/०८३ मा ४ जनाको आर्थिक वर्ष २०८१/०८२ मा ७ जनाको , आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको, आर्थिक वर्ष २०७९/०८० मा १२ जनाको र आर्थिक वर्ष २०७८/०७९ मा १३ जनाको सुत्केरीको मृत्यु भएको जानकारी दिनुभयो । नेपालको संविधानमा धारा ३८ को उपधारा २ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरेको छ । संविधान ग्यारेन्टी गरेको हकलाई कार्यान्वयन गर्न सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली, २०७७ समेत जारी भएको छ ।

cld

सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी हकको सम्मान, संरक्षण र परिपूर्ति गर्नको लागि मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ, तथा पहुँच योग्य बनाउनका लागि कानुनहरू समेत निर्माण भएका छन् । तर संविधान र कानुनमा नै महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरेको भएयता पनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको छ । सरकारले मातृ मृत्यु कम गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको भएयता पनि बर्दियामा सुत्केरी महिलाको मृत्यु रोकिएको छैन ।

 पब्लिक हेल्थ नर्स अधिकृत श्रेष्ठले रक्तश्राव भएर, परिवारमा उपचार गराउने मान्छे नभएर, दीर्घ रोग भएका गर्भवती महिला, अस्पतालमा उपचार गर्न जाँदा धेरै पैसा लाग्छ भन्ने बुझाइ, भारतको सिमाना क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रमा पनि सुत्केरी हुने भएपछि सङ्क्रमण भएर समेत सुत्केरी महिलाको मृत्यु भएको बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.