Division forest_Ads
Barista_Training

बर्दियामा अण्डा प्रवर्धनका लागि अण्डा ब्यबसायिहरु संग अन्तरक्रिया

Geruwa GIF
Basgadhi PSA_final

बर्दिया, असोज २० गते
अण्डा प्रवर्धनका लागि अन्डा ब्यबसायिहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको छ । युएसएआईडीको आर्थिक सहयोगमा सुआहारा परियोजना अन्तरगत जनजागरण महिला संघको आयोजनाका अण्डा ब्यबसायिहरु संग अन्तरक्रिया कार्यक्रम भएको हो ।
अन्तरक्रियामा अण्डा प्रवर्धनका लागि शुुरु गर्न गरिएको अण्डा प्रवर्धन अभियानको बारेमा जानकारी, अभियानको क्रियाकलपको बारेमा जानकारी, अभियान विभिन्न सरोकारवालाहरुको सम्भावित भूमिकाहरुको बारेमा जानकारी र स्थानीय अण्डा ब्यापारी तथा उत्पादकहरु संग अण्डा प्रवर्धन अभियानक लागि समन्वयको बारेमा छलफल गरिएको छ ।


कार्यक्रममा सुुआहारा परियोजनाका घरआयसी उत्पादन तथा बजार अधिकृत दुुर्गाबहादुर उप्रेतीले अण्डा, उत्पादनको अवस्था, बजारको अवस्था र उपयोगको बारेमा सहजीकरण गर्नु भएको थियो । अन्डाको महत्वको बारेमा जानकारी नभएको कारणले उपभोग कमि भएको बताउनुभएको छ । अण्डालाई बिभिन्न परिकारबाट खान सकिने भएपनि यसबारेमा आम नागरिकहरुलाई जानकारी नहुनु र अण्डा नजिकै कहाँपाईन्छ भन्ने कुरा उपभोक्ताहरुलाई जानकारी नभएको कारणले अण्डा कम सेवन गरेको पाईने गरेको बताउनु भएको छ । अन्डाको बजारीकरणको लागि ब्यबस्थित गराउने बारेमा जानकारी गराउनु भएको छ । 
जनजागरण महिला संघ अन्तरगत सुआहारा परियोजनाका कार्यक्रम संयोजक प्रकाश शर्माले अण्डा प्रवर्धनका लागि भईरहेका प्रयासका बारेमा जानकारी गराउनुभएको थियो । अण्डा प्रवर्धनका लागि सुआहाराले प्रचारप्रसारका लागि पर्चा पम्प्लेट तथा स्टिगरहरु बनाएइएको छ । भन्छिन आमा रेडियो कार्यक्रम तथा सामाजिक संजाल मार्फत प्रवर्धन गरिरहेका, समुुदायमा सुनौलो हजार दिने आमाहरुलाई भेटघाटको क्रममा पनि अण्डा खान प्रोत्साहन गरिरहेको छ । हजार दिने आमा तथा बच्चा तथा किशोरकिशोरीहरुले अण्डा खानु पर्छ भनेर जनचेतना जगाउने, मेरो शक्ति भनेर गीत तथा श्रब्यदृष्य सामग्री बनाएर प्रशारण भईरहेको बारेमा जानकारी गराइएको छ ।
कार्यक्रम जनजागरण महिला संघका अध्यक्ष गोमा पौडेलको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा बर्दियाका एक दर्जन भन्दा बढि अण्डा ब्यबसायिहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.