Krishnasar_Dubble Ad
Barista_Training

चितुवाको आक्रमणबाट बालक घाइते

Geruwa GIF

बर्दिया (गुलरिया) । बर्दियामा चितुवाको आक्रमणमा परि एक बालक घाइते भएका छन् । गुलरिया नगरपालिका वडा नं. ८ का १८ महिनाका अनुप विक्रम शाही घाइते भएको हुन् ।

Basgadhi PSA_final

घाइते बालकको आमा रेजिनाले सोमबार साँझ करिब साढे सात बजेतिर घरको ग्यालेरीमा रहेका बालकलाई एक्कासी जंगलबाट आएर चितुवाले आक्रमण गरेको र आफुले देखेपछि बालकलाई चितुवाबाट बचाउन सफल भएको बताउनु भयो ।

घाइते बालकको बर्दिया अस्पताल गुलरियामा उपचार भैरहेको छ । बर्दिया अस्पतालका मेडिकल अधिकृत डाक्टर प्रमोद पथिकले घाइते बालकको दाइने आँखाको माथिल्लो भागमा चोट लागेर टाँका लगाइएको बताउनु भयो ।

डाक्टर पथिकले बालकको उपचार भइरहेको र साथै बालकको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भयो ।

 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page