bardiyahospital

बर्दियामा ५५ बर्ष माथिका नागरिकलाई कोभिड १९ विरुद्धको बुस्टर डोज दिइने

Geruwa GIF

प्रकाश पौडेल / गुलरिया । बर्दियामा ५५ बर्ष माथिका नागरिकलाई कोभिड १९ विरुद्धको बुस्टर डोज दिइने भएको छ । भारतसँग सीमा जोडिएका पालिकाका ५५ बर्ष माथीका नागरिक, स्वास्थ्यकर्मी, गर्भवती १२ बर्ष माथिका दीर्घराेगी र राेग प्रतिराेधात्मक क्षमता कम भएकालाई खोप दिन लागिएको हो ।

स्वास्थ्य कार्यालय बर्दियाका अनुसार भारतसंग सीमा जोडिएका बढैयाताल गाँउपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र राजापुर नगरपालिकामा पहिलो चरणमा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका ठाकुरबाबा नगरपालिका र गेरुवा गाँउपालिका कोभिड १९ विरुद्धको बुस्टर डोज दिइने छ ।
स्वास्थ्य कार्यालय बर्दियाका सुचना अधिकारी कृष्णगोपाल चौधरीले पहिलो चरणमा फागुन १६, १७ र १८ गते प्रत्येक वडामा खोप केन्द्र राखेर कोभिड १९ विरुद्धको बुस्टर डोज दिइने बताउनु भयो । उहाँले कोभिड १९ विरुद्धको खोप सुरक्षित हुने र यसले जीवन रक्षा गर्ने भएकोले खोप लगाउनु पर्नेमा जोडदिनु भयो ।

cld

स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले कोभिड १९का कारण बर्दियामा पहिलो भेरिएन्टमा २१, दोस्रो भेरिएन्टमा दुई सय २७ जनाले र तेस्रो भेरिएन्टमा तीन जनाले ज्यान गुमाउनु परेको बताउनु भयो ।

कोभिड १९ विरुद्धको खोप लगाएपछि कोभिड १९ का कारण थप कसैको ज्यान नगएको प्रमुख गिरीको भनाई छ । उहाँले अक्सिजन दिनु पर्ने बिरामीको संख्यामा कमि आउनुमा खोपले काम गरेको बताउनु भयो । साथै उहाँले सरोकारवाला सबैले खोप अभियान सफल बनाउन सहयोग र सहकार्य गर्न आग्रह भयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.