Krishnasar_Dubble Ad
Barista_Training

बर्दियामा स्वास्थ्य सम्बन्धी पहिलो पत्रिका प्रकाशन

Geruwa GIF
Basgadhi PSA_final

 

प्रकाश पौडेल
गुलरिया ।

शारीरिक तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने उद्देश्यले प्रकाशन गरिएको वेलनेस त्रैमासिक समाचार पत्र विमोचन भएको  छ । गुलरिया आयोजित  एक कार्यक्रममा प्रमुख कन्सल्टेन्ट नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर रमेशकुमार श्रेष्ठले वेलनेस समाचार पत्रको विमोचन गर्नु भएको हो ।
प्राकृतिक चिकित्सालाई मुख्य विषय वस्तु बनाएर वेलनेस समाचार पत्रको प्रकाशन सुरु गरिएको हो । तिन महिनामा प्रकाशन हुने वेलनेस त्रैमासिक पत्रिकामा प्राकृतिक चिकित्सा र स्वास्थ्य सम्बन्धी प्रकाशन हुने प्रकाशक दिपक बहादुर विसीले बताउनु भएको छ । 


कार्यक्रममा बोल्दै  प्रमुख अतिथि डाक्टर रमेशकुमार श्रेष्ठले आरोग्य पद्धतिका माध्यमबाट धेरै रोगको उपचार गर्न सकिने बताउनु भयो । उहाँले अध्ययनको सिलसिलामा रसिया जाँदा रसियामा पनि आरोग्य विधिबाट उपचारमा जोड दिने गरेको बताउनु भयो । साथै उहाँले धेरै रोगको उपचार प्राकृतिक चिकित्साबाट गर्न सकिने र यो सेवा गुलरिया दिएर समाचार पत्र निकाल्न सफल भएकामा वेलनेस समाचार पत्रका प्रकाशक एवम् सामुदायिक सेवा फाउण्डेसनका अध्यक्षलाई शु
भकामना व्यक्त गर्नुभयो ।


नेपाल पत्रकार महासंघका अध्यक्षले यादव प्रसाद आचार्यले स्वास्थ्य सम्बन्धी समाचार पत्र प्रकाशन भएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले पत्रपत्रिका प्रकाशन हुने तर दीर्घकालीन रुपमा चल्न नसकेको स्मरण गर्दै, पत्रपत्रिकालाई दीर्घकालीन रुपमा चलाउनका लागि सबैको सहयोग हुनुपर्ने बताउनु भयो । उहाँले वेलनेस त्रैमासिक समाचार पत्रलाई नेपाल पत्रकार महासंघ बर्दिया शाखाको तर्फबाट अरु समाचार पत्रलाई जसरी नै सहयोग गर्ने बताउनु भयो । 


नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद धितालले बर्दियाको इतिहासमा  पहिलो पटक स्वास्थ्य क्षेत्रको पत्रिका प्रकाशन भएको बताउनु भयो । उहाँले पत्रिका प्रकाशनसँगै कसरी चलाउने भने समस्या पनि आउने गरेको बताउनु भयो । उहाँले स्थानीय सरकारले लगायत अन्यले विज्ञापन दि‍दा पनि स्थानीय पत्रपत्रिकालाई दिनु पर्ने बताउनु भयो ।


यो पत्रिका वर्षमा चार पटक आउने बताउनु भयो । यसमा स्वास्थ्य सम्बन्धी समाचार मात्र समावेश गरिने छ । वेलनेस पत्रिकाको मूल्य एक सय रुपियाँ रहेको छ । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page