Division forest_Ads
Barista_Training

टमाटरले उचित मूल्य पाएन, बारीमै कुहियाे

Geruwa GIF

प्रकाश पौडेल/ बर्दिया (गुलरिया) । गुलरिया नगरपालिका–४ का कालु थारुको बारीभरी टमाटर फलेका छन् । उहाँको तीन कट्ठा बारीमा लटरम्म फलेको टमाटर पाकेका छन् । केही पाक्न बाँकी छन् । तर उचित मूल्य र बजार नपाएपछि पाकेका टमाटर बारीमा कुहिएको छ ।

मुख्यबजार गुलरिया लगायतका स्थानीय बजारहरुमा अहिले टमाटर विक्नै छाडेको छ । बजारको माग भन्दा टमाटर बढी उत्पादन भएको र खुला सीमाका कारण भारतीय बजारबाट पनि सहज रुपमा आउने गरेकोले पनि टमाटरले बजार र मूल्य पाउन नसकेको हो ।

बाहिरबाट आयातित टमाटर स्थानीय बजारमा भित्रनु, उत्पादन बढी, जिल्ला बाहिरका बजारमा निकासीको समस्या, कच्चा पदार्थको रुपमा प्रयोगन गर्न नसक्नु तथा मूल्य श्रृंखलाका कार्य गर्न नसक्दा उत्पादित टमाटरले मेहनत अनुसार मूल्य पाउन सकेको छैन ।

Basgadhi PSA_final

कृषक थारुले भन्नुभयो, ‘बारीभरी टमाटर पाकेर झरेका छन् । टुलुटुलु हेरिरहन बाध्य छौ ।’ उहाँले लागत मूल्य भन्दा कममा मूल्यमा पनि बेच्न नसकिएको बताउनु भयो । पाकेका टमाटर बिक्री नभएपछि बँगुरलाई खुवाउने गरेको थारुको भनाई छ । उहाँले स्थानीय सरकारले किसान समस्यालाई खासै ध्यान नदिदाँ यस्तो समस्या पटकपटक आइरहेको उल्लेख गर्दै स्थानीय सरकारले बजार व्यवस्थापन र उत्पादन भएको तरकारीको मूल्य तोक्नु पर्ने बताउनु भयो ।

गुलरिया नगरपालिका–५का दिनेशकुमार चौधरीले आफूले उत्पादन गरेको टमाटर प्रति किलो पाँच रुपैया भन्दा कम मूल्यमा बेच्नु परेको बताउनु भयो । चौधरीले भन्नुभयो, ‘टमाटर खेती गर्दा लागत मूल्य करिब बिसहजार रुपैयाँ लाग्यो तर अहिले जम्मा सोर्ह हजार रुपैयाँ मात्र हात पर्यो’ । चौधरीले स्थानीय सरकारले तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स र उत्पादन भएको तरकारीलाई सुरक्षित राख्न कोल्ड स्टोर बनाइ दिनु पर्ने समेत माग गर्नुभयो ।

एकीकृत कुषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका वागवानी विकास अधिकृत एवम् सूचना अधिकारी सन्तोष पाठकले किसानले माग गरे अनुसार कार्यलयले प्रावधिक र अन्य सहयोग गर्दै आएको बताउनु भयो । उहाँले किसानले उत्पादन गरेको कृषी जन्यवस्तुलाई अन्य प्रयोजनमा प्रयोग गर्न सकिने र यसका लागि कार्यालयमा माग भएर आएमा कार्यलयले सहयोग गर्ने बताउनु भयो ।

बजारको माग र आवश्यकता अनुसार तरकारी उत्पादन गर्न आग्रह गर्दै सूचना अधिधकारी पाठकले बेमौसमी तरकारी लगाउदाँ बजार पनि सजिलै पाउन सकिने र बढी आम्दानी लिन सकिने भएकोले बैमौसमी तरकारी खेती गर्न जोडदिनु भयो ।

टमाटरको मूल्य उत्पादन लागत भन्दा तल झरेपछि कृषकहरु चिन्तित भएका छन् । हजार लगानी गरेर आम्दानी सय भएपछि टमाटर कृषकहरु निरुत्साहित देखिएका छन् ।

 

Leave A Reply

Your email address will not be published.