गुलरिया ।
गुलरिया नगरपालिका वडा १० र १२ का बाढी प्रभावित ३५ घरपरिवारलाई सहयोग सामाग्री वितरण गरिएको छ । श्रावण २३ र २८ गते आएको बाढीबाट प्रभावित भएका घरपरिवारलाई सहयोग सामाग्री वितरण गरिएको हो ।
बाढीबाट प्रभावित भएका घरपरिवारलाई लत्ताकपडा लगाएत अत्यावश्यक सरसफाइ सामाग्रीहरू वितरण गरिएको थियो । वितरण गरिएका सामाग्रीहरू विशेषगरी बाढी प्रभावित महिलाहरूलाई आवश्यक पर्ने सामाग्रीहरू वितरण गरिएको फिल्ड सुपरभाइजर अमर राज लम्सालले बताउनु भयो ।
प्लान इनटरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा नगरपालिकाको समन्वयमा बाढी प्रभावित घरपरिवारलाई सहयोग स्वरुप प्रतिघरपरिवार ६ हजार रुपैयाँ मूल्य बराबरको सामाग्री सहयोग गरिएको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक मनोज पौडेलले बताउनु भयो ।
प्रत्येक बर्ष बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका घरपरिवारले बाढीको समस्या भोग्दै आएका छन् । नदीमा व्यवस्थित तटबन्धन नहुँदा गुलरियामा हरेक वर्ष बाढी आउने गरेको छ ।
गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले बाढी प्रभावित क्षेत्रमा आएर प्रभावित परिवारलाई सहयोग गरेको खुसी व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा संघसस्था सँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।