बर्दिया ।
बर्दियाको गुलरियामा कान र आँखा उपचार सेवा सञ्चालन गर्दै आएको सामुदायिक सेवा फाउण्डेशनको अध्यक्षमा दिपक बहादुर वि सी सर्वसम्मतले चयन हुनुभएको छ ।
एक बर्ष अगाडी स्थापना भएको फाउण्डेसनको प्रथम बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले वि सीलाई सर्वसम्मतले चयन गरेको हो । फाउण्डेशनको उपाध्यक्षमा रमिला चौधरी, सचिवमा मुकुन्द सुवेदी, सह–सचिवमा मधुसुदन रिमाल, कोषाध्यक्षमा भगवत खनाल, सदस्यमा सिता महर सुनार र सदस्यमा शुसिला वि.सी. सर्वसम्मतले चयन भएका छन् ।
फाउण्डेशनमा हाल सम्म २७ जना आजिवन सदस्य रहेका छन् । स्थापनाको पहिलो बर्षमा नै कान तथा आँखा उपचारको लागि उल्लेखनिय भुमिका खेल्दै आएको छ । एक बर्ष भित्र जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरी मेतियाविन्दुको निःशुल्क अप्रेशन शिविर समेत सम्पन्न गरेको थियो । फाउण्डेशनले आफ्नो कार्यालय र विभिन्न स्थानमा गएर कान उपचार सेवा समेत प्रदान गरीरहेको छ ।
साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथी एवं गैरसरकारी संस्था महासंघका अध्यक्ष विष्णु तिमिल्सिनाले छोटो समयमा पनि उल्लेखनिय सेवा प्रदान फाउण्डेसनको उत्तरोत्तर प्रगतीको कामना गर्नु भयो । उहाँले फाउण्डेसन सँग महासंघ हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो ।
अक्सिजन बैंकका अध्यक्ष एवं निर्माण व्यवसायी भेषराज पौडेलले संस्थाको उन्नती प्रगतीको कामना गर्दै फाउण्डेसनलाई आवश्यक पर्ने सहयोगका लागि सँधै तत्पर रहेको बताउनु भयो ।