Division forest_Ads
Barista_Training

युवाहरूलाई सिलाई कटाई मेसिन मर्मत तालिम

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । बारबर्दिया  नगरपालिका युवाहरूलाई सिलाई कटाई मेसिन मर्मत सम्बन्धी एक महिने तालिमको उद्घाटन भएको छ । बारबर्दिया नगरपालिका ५ नं. वडाका वडा अध्यक्ष लाल बहादुर थारू चौधरीले सो तालिमको उद्घाटन गर्नु भएको हो ।

सिलाई कटाईको काम गर्दै आएका युवा उद्यमीले मेसिन बिग्रिँदा अनेक खालका सस्मया भोग्दै  आउनु परेको थियो । मेसिनमा कुनै समस्याका देखा परे  मेसिन मर्मतका लागि गुलरिया, नेपालगञ्ज, कोहलपुर लगायत अन्यत्र जानुपर्ने बाध्यता रहेका थियो ।

युवाहरूले  सिलाई कटाई सम्बन्धी काम गर्दा मेसिनमा कुनै समस्या आएमा तत्काल मेसिनको मर्मत गर्न सक्ने बनाउन तालिमको आयोजना गरिएको वडा नं. ५ का वडा लालबहादुर थारू चौधरीले बताउनु भयो । उहाँले तालिमले युवाको सीप र व्यवसायमा थप टेवा पुग्ने र  युवाहरू आत्मनिर्भर हुने बाटोमा अगाडि बढ्ने बताउनु भयो ।

Basgadhi PSA_final

वडा अध्यक्ष थारूले भन्नुभयो– ‘ कुनै पनि काम सानो र ठुलो नहुने भएकोले युवा पुस्ताले आफ्नो क्षमता अनुसारको काम गर्दै जानुपर्छ  ।  अरुले गरेको कामको सम्मान गर्नुपर्छ । जबसम्म कामको सम्मान हुदैँन, तब देशको विकास हुन सक्दैन । त्यहीँ भएर काम सम्मान गर्ने वातावरण सृजना गर्न जरुरी रहेको छ । ’

तालिम सहभागी बारबर्दिया–५ की निरूता थारूले  तालिमले आफ्नो सीप र क्षमता वृद्धि हुने बताउनु भयो । उहाँले आफूले गर्ने काम अनुसारको तालिम भएकोले व्यवसायीक रुपमा फाइदा पुग्ने जानकारी दिनुभयो ।

 

थारूले भन्नुभयो–‘ कहिलेकाँही मेसिन बिग्रिएर काम समयमा नसकिँदा ग्राहकको ढिलो भएको गुनासो गर्नुहुन्छ । अब मेसिन मर्मत तालिम पश्चात बिग्रिएको मेसिन कहाँ बनाउने भन्ने चिन्ता नहुने तथा आफैले मेसिन मर्मत गर्न सक्ने गरी तालिमले लिन्छु  । र मेसिनमा कुनै समस्याका आए आफैले मर्मत गर्छु । ’

५ नंं वडा कार्यालयले आयोजना गरेको तालिममा १५ जनाको सहभागिता रहेको छ । जसमा १३ जना युवती र २ जना युवा रहेको वडा कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.