bardiyahospital

जब्दीघाट पुल पुर्ननिर्माणको माग राख्दै प्रदर्शन

Geruwa GIF

विशाल बस्नेत, गुलरिया। बर्दियाको बबई नदी स्थित जब्दीघाट पुल पुर्ननिर्माणको माग गर्दै सदरमुकाम गुलरियामा प्रर्दशन भएको छ ।

क्षतीग्रस्त बनेको पुल तत्काल पुर्ननिर्माण गरि सञ्चालनको माग गर्दै जब्दीघाट पुल पुर्ननिर्माण जनअभियानले प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएको हो ।

cld

सदरमुकाम गुलरियालाई पुर्वपश्चिम राजमार्गसँग जोड्ने सबैभन्दा छोटो दुरीको बाटोमा पर्ने बबई नदीको जब्दीघाट पुल सरकारलाई हस्तान्तरण नहुदै क्षतिग्रस्त भएपछि स्थानीयहरु पीडित बनेको भन्दै जनअभियानले सरकारलाई दवाब दिन जनप्रर्दशन गरेको प्रदर्शनका संयोजक दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

अभियानले ‘क्षतिग्रस्त जब्दीघाट पुल चाँडै बनाउँ, नत्र चुनावमा भोट माग्न आँउदै नआउँ’ ‘जब्दीघाटको पुल चाँडै बनाउ सरकार, नत्र भने हामीलाई छैन तिम्रो दरकार’ भन्ने ब्यानर र प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला प्रशान मार्फत राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, भौतिक योजना तथा यातायात मन्त्रालय, अर्थमन्त्रालय र सडक विभाग लाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्रमा क्षतिग्रस्त भएको जब्दीघाटको पुल यथाशिघ्र पुननिर्माण गरि सञ्चालनमा ल्याउन लागि माग गरिएको छ ।

प्रर्दशनकारीहरुले राजनैतिक दलहरुको घोषणा पत्रमा धेरैपटक जनतालाई जब्दीघाटको पुल बनाउने भनेर आश्वासन मात्र दिएको भन्दै आक्रोश व्यक्त गरे ।

४ सय ३५ मिटर लम्बाईको पुल पप्पु कन्ट्रक्सनले निर्माण गरेको थियो । पुल हस्तान्तरण नहुदै बबई नदिमा आएको बाढीले क्षति पु¥याएपछि निर्माण कम्पनी र निर्माण कार्यालय विरुद्ध अख्तियारमा मुद्दा परेको थियो । पुल क्षतिग्रस्त भएपछि आवागमन पुर्ण रुपमा प्रभावित भएको छ ।

जनप्रदर्शनमा गुलरिया र बारबर्दियाका स्थानीयहरु सहभागी रहेका थिए ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.