दलबहादुर सुनार,बढैयाताल । लोक कल्याणकारी काम गर्ने दायित्व स्थानीय सरकारको भएको बढैयाताल गाउँ पालिका वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले एक कार्यक्रममा बताए । नेपाल रेडक्रस सोसाइटी उप शाखा बढैयातालको चौथो वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।
उहाँले बढैयातालमा स्थानीय सरकारले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी ऐन बन्न नसक्दा अघिल्लो वर्ष २५ लाख बजेट फ्रिज भएको बताउनु भयाे । उहाँले आर्थिक वर्षमा पनि खर्चको श्रोत व्यवस्थापनमा समस्या भएको बताउँदै बिपद् सम्बन्धी ऐन बनाउन कार्यपालिका पहल भइरहेको अध्यक्ष पौडेलले बताए । निस्वार्थ भई मानव सेवामा स्वयम् सेवकको रुपमा काम गर्ने संस्था रेडक्रस भएकोले यसमा आवद्ध सदस्यहरू राजनीति भन्दा माथि उठ्नु पर्ने भन्दै फरक चस्माले हेर्न नहुने कुरामा पौडेलले जोड दिए । उप शाखा बढैयातालका सभापति बेनि माधब पौडेलको अध्यक्षतामा तथा नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखाका पुर्व सभापति महेशचन्द्र गौतमको प्रमुख आतिथ्यमा भएको सभामा बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले स्थानीय सरकारले रेडक्रससंग समन्वय गरि काम गर्नु पर्ने धारणा राख्दै बिपद् जोखिम सम्बन्धी काम गर्ने नीति नहुँदा समस्या भएको बताइन ।
कार्यक्रमका अतिथि बढैयाताल गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले सभामा आफ्नो धारणा राख्दै उद्धारमा सहयोग गर्न सक्ने जनशक्ति तयार गर्न विद्यालय स्तरमा जु.रे.स. सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु पर्ने , सडक दुर्घटना स्थलमा प्राथमिक उपचार सहित उद्धार सहयोग गर्नु पर्ने , पालिकामा बिपद् जोखिम न्यूनिकरण सम्बन्धी ऐन निर्माण गर्नु पर्नेमा जोड दिनु भयो । प्रशासकीय अधिकृत सुबेदीले यस क्षेत्रमा हुने सम्भावित प्राकृतिक तथा गैर प्राकृति जस्ता बिपत्को अवस्थामा तत्काल राहत सहितको उद्धार गर्न उपशाखाले पनि योजना बनाउनु पर्नेमा जोड दिए ।
६ सय ५६ आजीवन सदस्य रहेको उप शाखाको आज शनिबार भएको सभामा रेडक्रस बर्दियाका पूर्व उपसभापति रामचन्द्र थापा , रेडक्रसकर्मी तथा अधिवक्ता खडानन्द तिवारी , मानव अधिकारकर्मी शुसिल चौधरी , उप शाखा बढैयातालका पुर्व अध्यक्ष उद्धव सापकोटा लगाएतले प्रस्तुत भएको प्रतिबेदनमा टिप्पणी गर्नुको साथै रेडक्रसमा लाग्नु भनेको निस्वार्थ रुपमा मानव सेवामा समर्पित भई रेडक्रसको सात सिद्धान्तको पालना गर्नु पर्नेमा जोड दिएका थिए । रेडक्रस उप शाखा बढैयाताल ८ स्थित सितला बजारमा भएको साधारण सभामा बढैयाताल गाउँ पालिकाका वडा नम्बर २ का अध्यक्ष डिलादेब गिरी , वडा नम्बर ३ का अध्यक्ष ललन यादव , कार्यपालिका सदस्य चन्द्रकला बि.क., टिकाराम सुनार , आइतराम परियार , विद्या ज्योति नमुना मा.बि.का प्रधानाध्यापक भक्तिसागर रेग्मी, ज्येष्ठ नागरिक बर्दियाका अध्यक्ष टुकराज घिमिरे , उप शाखा सितला बजारका आजीवन सदस्य लगाएतको उपस्थिति रहेको सभामा उपशाखाका सचिव मोहन रेग्मीले वार्षिक प्रतिवेदन र उप कोषाध्यक्ष लिलाधर त्रिपाठीले आर्थिक प्रतिवेदन र स्वागत उप सभापति पबित्रा अर्यालले गर्नु भएको उप शाखाका सदस्य सञ्जय सापकोटाले जनाएका छन् ।