नेपालमा कहिलेकाँही राजनीतिक वृत्तमा हिटलरको नाम लिने गरेको सुनिन्छ । वास्तवबमा जीवन कति अपरम्पार रहेछ, आफैंले आफैंलाई पनि बुझ्न नसकिने । मैले हिटलर बारेमा सानो अध्ययन गरे । अच्चम लाग्दो जीवनकथा रहेछ हिटलरको । कुनै समय भिख मागेर खाने हिटलर बिशाल जर्मनीको शासक बने । संसार विजय गरेर एकछत्र शासन गर्ने सपना बोकेका हिटलर पछि बंकरमा लुकेर गोली प्रहार गरी आफ्नो जीवन आफैंले अन्त्य गर्न बाध्य भए ।
मैले संकलन गरेका जानकारीहरु अनुसार अडोल्फ हिटलर विश्वको क्रुर शासक मध्ये एक हुन । सन् १८८९ अप्रिल २० का दिन जर्मनीको सीमा छेउ अस्ट्रिया– हंगेरीको एक शहरका ब्रुनाउ एम इनमा उनको जन्म भएको थियो । अडोल्फ उनका बुवा अलाईस हिटलर र अलाईसकी तेस्रो पत्नी क्लारा पोलजलमा चौथो सन्तान गिए । हिटलरका ३ जना दाजुहरु गुस्ताव, ईदा र ओटो सानोमा मरेका थिए । उनका भाई अलाईस जुनियर सन् १८८२ मा र बैनी एंजेलाले सन् १८८३ मा जन्म भएका थियो । त्यसै वर्ष हिटलरको परिवार जर्मनी गएको थियो । जर्मनीमा हिटलरले अष्ट्रियन– हंग्रेरी भाषमा अतिरित स्थानीय
Bavarian भाषा सिके । सन् १८९४ मा हिटलरको पुरा परिवार पुनः अष्ट्रिया फर्किए । त्यसपछि बुवासँग उनको मदभेद सृजना भयो । अडोल्फले बुवाको हरेक आदेश उल्लंघन गर्दै गए । बुवासँगको विवादका उनको पठनपाठन राम्रोसँग अगाडी बढ्न सकेन ।
सन् १९१३ मा हिटलरको बुवाको मृत्यु भयो । अठार वर्षको भएपछि हिटलरले आफ्नो बुवाको केही सम्पती प्राप्त गरे । त्यो सम्पती लिएर सन् १९०७ मा कला विषय पढ्न भियना गए । त्यहाँ हिटलरले एकेडेमिज स्कुलमा अफ पेन्टिङमा प्रवेश दिए तर उनी असफल भए । सन् १९०७ मा सेक्टेम्बर २१ मा उनको आमाको स्थन क्यान्सरबाट ४७ वर्षको उमेरमा मृत्यु भयो ।
त्यसपछि उनी बिरक्तियर एक्लै बस्ने थाले । बुवाको सम्पत्तीबाट पाएको पैसा बिस्तारै सकिदै गएपछि उनको जीवन विस्तारे खस्किदैं गयो । पैसा सकिदैं गर्दा उनले कुनै काम गरेनन् । उनले अन्ततः सबै कुरा सके र भीख माग्न थाले । राती सडक र गल्लीमा राखिएको बेन्चमा सुत्थे । फोहोरी दुर्गन्धित भएर फाटेका लुगा लगाउर्थे । सन् १९१० मा डिसेम्बरतिर उनको हालत भन नाजुक भएपछि यहुदी परोपकारीहरुद्धारा सञ्चालित गृहमा दिन बिताउन थाले ।
यही समयमा हिटलरमा बिस्तारै यहुदीहरुप्रति नराम्रो भावना बिकसित हुदैँ उग्र रुप लिएको थियो भन्ने गरिन्छ । हिटलरका बुवा अष्ट्रियन साम्राज्यवादीको सेवा गरेको थिए र हेपवर्गमा राजतन्त्रप्रति बफादार थिए । तर एडोल्फ हिटलर अष्ट्रियन राजतन्त्रको विरुद्धमा थिए भने जर्मन राष्ट्रियताबाट प्रभाबित थिए ।
सन् १९०३ मा हिटलरमा आफ्नो बुवाको अन्तिम अंश प्राप्त गरी त्यो सम्पत्ती लिएर हिटलर जर्मनीको म्युनिख गए । हिटलरले ७ अप्रिल १९२५ मा अष्ट्रियाको नागरिक थिए । भने सन् १९३२ मा जर्मनीको नागरिकता लिए । हिटलर सन् १९३३ देखि १९४५ सम्म जर्मनीका चान्सलर तथा नाजी जर्मनी शासक भए । उनी नाजीवाद तथा दोस्रो विश्व युद्ध सुरु हुनुको केन्द्रीय पात्र पनि हुन ।
प्रथम विश्वयुद्धको दौरान सन् १९१४ मा हिटलर म्युनिखमा रहेर बभेरियन सेनाको भर्ना भए । वास्तवमा हिटलर अष्ट्रियन नागरिक भएकोले उनलाई बभेरियन सेनामा भर्ती गर्नु प्रशासनीक गल्ती थियो ।
यो गल्तीको सन् १९१४मा मा आएर बभेरियन सेनाले महशुस गर्यो । तर त्यतिबेलासम्म हिटलरले सेनामा आफ्नो छुट्टै पहिचान बनाइसकेका थिए । सन् १९१९ जुन २८ मा ब्रल्सेल्समा Treaty of Versailles सन्धी भयो । यो सन्धीले प्रथम विश्वयुद्धको अन्त्यको गर्यो । तर यसबाट जर्मनीले धेरै गुमाउनु पर्यो । प्रथम विश्वयुद्ध पछि हिटलरले म्युनिख फर्केर जर्मन सेनाकै रुपमा बसे । सन् १९१९मा सेक्टेम्बर १२ मा हिटलरले जर्मन श्रमिक पार्टी (डिएपी) को बैठकमा कलात्मक भाषण गरे । उनको भाषणबाट पार्टी अध्यक्ष एन्टोन ड्रेक्सलर अति प्रभावित भए । जसका फलस्वरुप उनले उनले एकहप्ताभित्र जर्मन श्रमिक पार्टीको सदस्यता पाए । सन् १९२० मा मार्च ३१ मा सेनाबाट हटेर उनी पार्टीको पूर्णकालिन कार्यकर्ता भए । म्युनिख मुख्यालय भएको पार्टीको निती माक्र्सबादहरुर्ला दवाउने र वाइकर गणराज्य कमजोर बनाउने थियो ।
हिटलर सन् १९२१ मा सोही पार्टीको नेता बने । सन् १९२३ नोभेम्वरमा ८ मा हिटलरले म्युनिखको सत्ता कब्जा गर्ने प्रयास गरे । तर उनी असफल भए, जसको परिणाम स्वरुप सन् १९२३ नोभेम्बर २३ मा राजद्रोहको आरोपमा गिरफ्तार भई जेल परे । उनलाई १ पाँच वर्षको कैद तोकिएको थियो । तर पति अदालतले उनको बाँकी कैद मिनाहा गरी २० डिसेम्बर १९२४ मा रिहा गर्यो । उनले जेलमा नै Mein kampf नामको आत्मकथा लेखेका थिए ।
हिटलर जेलमुक्त हुँदा जर्मनीको अर्थ व्यवस्थामा सुधार आएको थियो । उनको पार्टी र संगठनलाई प्रतिबन्ध लगाइएको थियो । हिटलरले ४ फेब्रुवरी १९२५ मा बाबरिया हेनरिकका प्रधानमन्त्री समक्ष देशको कानुन र पद्धती मान्ने, लोकतान्त्रिक प्रकृयाबाट अधिकारको लडाइ लड्ने प्रतिवद्धता व्यक्त गरे । तर २७ फेब्रुवरीका दिन दिएको एक भड्काउ भाषणका कारण उनलाई सार्वजनिक भाषण गर्न समेत प्रतिबन्ध लगाइयो । यो प्रतिबन्ध १९२७ सम्म कायम रह्यो ।
सन् १९२९ अक्ट्ुबर २४ मा अमेरिका शेयर बजारमा व्यापक गिरावट आयो । जर्मनीमा अमेरिकी लगानी भएका कम्पनी, बैंक, उद्योग करकारखानाहरु धराशायी भए । जसका फलस्वरुप लाखौँ मानिसले रोजगारी गुमाउनु पुगे । हिटलरलाई यो मौकाको राजनितिक फाइदा उठाउने अवसर प्राप्त भयो । उनले प्रथम विश्वयुद्ध समाप्त गर्ने सिलसिलामा भएको त्चभबतथ या ख्भचकबष्ििभक अस्वीकार गर्ने, अर्थ व्यवस्था मजवुल बनाउने, रोजगारी प्रदान गर्ने नारा दिएर आफ्नो पार्टीको प्रचारप्रसार तीब्र बनाए । उनले बृहत जर्मनी निर्माण तथा यहुदी र कम्युनिष्ट विरोधी सञ्चालन गरी लोकप्रियता हासिल गरे ।
सन् १९३२ मा भएको राष्ट्रपति चुनावका उम्मेदवार भएपनि हिटलर दोस्रो भए । तर उनी जर्मनको एक प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित हुन पुगे ।
सन् १९३३ मा राष्ट्रपति हिडेनवर्गले हिटलरलाई जर्मनीको चान्सलरमा नियुक्त गरे । सन् १९३४ अगष्ट २ मा राष्ट्रपति हिडनवर्गको मृत्यु भयो । मृत्यु भन्दा अगाडी क्याबिनेट बैठकबाट राष्ट्रपतिको मृत्यु भएका सो पद स्वतः खारेज हुने र राष्ट्रपतिको अधिकार स्वतः चान्सलरमा सर्ने निर्णय गरिएको थियो । त्यो निर्णय अनुसार हिटलर जर्मनीको सर्वेसर्वा भइ जर्मनीलाई विचारधारामा आधारित एकदलिय, अधिनायकवादी निरंकुश शासन रुपान्तरण गरे ।
हिटलरको आन्तरिक तथा बाह्य नीति नाजी जातीलाई बसोबास गर्ने स्थान सुरक्षित गर्नु र युरोपमा एकतन्त्रीय नाजी व्यवस्थाको स्थापना गर्नु थियो । उनले जर्मनीको शैन्य सुदुढीकरण गरेर सन् १९३९ सेम्टेम्बर १ मा पोल्याण्ड माथी आक्रमणमाथी आक्रमण गरे । जसको फलस्वरुप ब्रिटेन र फान्सले जर्मनी बिरुद्ध युद्धको घोषण गरे जुन दोस्रो विश्वयुद्धको सुरुवात हुन पुग्यो । जर्मन सेनाले ९ अप्रिल सन् १९४० मा मा डेनमार्क र नर्वेका र मे १ सन् १९४० मा फ्रान्समाथी आक्रमण गरी नेदरल्याण्ड, लग्जम्वर्ग र बेल्जियम कब्जा गर्यो । भने सन् १९४१ अप्रिलमा युुगोस्लाभिया र ग्रीसमा आक्रमण गर्यो ।
सन् १९४१ जुनमा हिटलरले शोभियत संघ माथी आक्रमण संघ माथी डिसेक्बर सन् १९४१ मा अमेरिकामाथी आक्रमणको घोषण गरे । हिटलरको शासनकालमा जर्मनी तथा उसको सहयोगी राष्ट्रहरुले युरोपको धेरै भू–भाग तथा उत्तरी अफ्रिका माथी कब्जा जमाएका थिए । सन् १९४२ मा हिटलरको केही गलत शैन्य निर्णयहरुको कारण सन् १९४५ मा मित्र राष्ट्रको सेनाले जर्मनी माथी विजय हासिल गयो । हिटलरको आफ्नो बर्चस्व तथा रंगभेदी नीतिले गर्दा एघार करोड मानिसको ज्यान गयो । । जसमध्ये करिव ६० लाख यहुदी मात्र रहेका थिए ।
युद्धको अन्तिम दिनहरुमा २९ अप्रिल सन् १९४५ को मध्ये रातमा बर्लिनको लडाईंताका आफ्नो प्रेमिका ईभा ब्राउनसँग बर्लिनको एउटा बंकरमा बिवाह गरे । हिटलर र ईभा ब्राउन सन् १९२९ देखि नै एक अर्कामा समर्पित प्रेमी प्रेमिका थिए । शोभियत सेनाले चारैतर्फबाट घेराहाली बंकरभित्र समेत धावा बोलेपछि लालसेनाबाट सम्भावित गिरफ्तार नहुन हिटलर र ईभा दुबैले ३० अप्रिल १९४५ मा आत्महत्या गरे ।
हिटलरले आफैंले आफैंलाई ५६ वर्षको उमेरमा गोलीहानी आत्महत्या गरेका थिए । भने ईभाले बिषसेवन गरी हत्या गरेकी थिइन भनिन्छ । हिटलर र इभा बीचको १६ वर्षको मायाप्रेम बन्धन उनीहरुले टुट्न दिएनन् बरु आफ्नो जीवन मायाको बन्धनलाई एकसाथ अन्त्य गरिदिए । हिटलरको चाहना बमोजिम उनीहरुको लास जलाएर दाहसंस्कार गरिएको थियो ।
हिटलरको मृत्युपछि सन् १९४५ मे २ मा जर्मन सेनाले शोभियत सेना समक्ष आत्मसमर्पण गरेको गर्यो । अष्ट्रियामा जन्मेका हिटलर आफू जन्मेको देशको नागरिकता समेत त्याग गरेर जर्मनीलाई आफ्नो कर्मथलो बनाए ।
आजीवन शाहाकारी हिटलरलाई एकक्रुर शासक बनेर करोडौँ मानिसको हत्याराका रुपमा आरोपित गरिन्छ । न कुनै धर्ममा आस्था थियो । न धनसम्पतीको लोभ र मोह थियो । न जहान परिवार नाता सम्बन्धको स्वार्थ थियो । तर पनि उनले इतिहासमा आफ्नो नाम कलंकित बनाएर युगौंयुगसम्म घुणाको पात्र बन्न पुगे । उनले गरेका राम्रा कामहरु दुनियाँले बिर्सिदिए बेवल नराम्रा कममा मात्र दृष्टान्त बन्न पुगेका छन् हिटलर आज ।
रमेशकुमार थापाको संरक्षण- यात्रा पुस्तकबाट लिइएको हो । सम्पादक