bardiyahospital

खोरेत रोगको भ्याक्सिन घर गोठमा पुगेर दिइने 

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । पशुमा फैलिने खोरेत रोग नियन्त्रणका लागि किसानको घर गोठमा पुगेरै सेवा दिने उद्देश्यले भ्याक्सीनेटरलाई अभिभुखिकरण तालिम दिइएको छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय गुलरियाले सो अभिभुखिकरण तालिम दिएको हो । 

खोरेत रोग भाइरसबाट गाई, भैँसी , बाख्रा ,बँदेल  बंगुर लगायत जंगली जनावरमा फैलिने भयानक  सरुवा रोग हो । यो रोग अन्य महामारीको तुलनामा धेरै जनावरहरूमा एकै पटक देखा पर्ने हुन सक्छ । तर यो रोगबाट धेरै जनावर प्रभावित भएपनि थोरै जनावर मात्र मर्ने गरेको पशु चिकित्सक अनिल कुमार शर्माले बताउनु भयो । 

cld

उहाँले भन्नुभयो, ‘स्थानीय भन्दा उन्नत जातको गाईमा यो रोग फैलिने सम्भावना बढी हुने गरेको छ । यो रोग हावापानी दानापानी तथा प्रत्यक्ष सम्पर्क, रोगी जनावरको मास, काँचो दूध रोगी जनावरको सम्पर्कमा रहेका मानिसबाट सर्ने हुन्छ । यो रोग लागेपछि सुरुमा एक सय चार डिग्री देखी एक सय छ डिग्रीसम्म ज्वरो आउने गर्छ । त्यसपछि पशुहरू झोकाउने ,घाँस पानी नखाने, गाई भैँसीले अचानक दूध दिन छोड्ने , मुखभित्र जिब्रो, गिजा तथा थुतुनामा ससाना पानीले भरिएको फोकाहरू देखा पर्ने र एक दिन पछि छाला हुने गर्दछ ।   खुरको कापमा कल्चौडो, थुनमा समेत फोका घाउहरू देखिने समस्या हुन्छ ।’

खोरेत रोगले महामारीको रुपमा लिएमा समस्या हुने भएको खोरेत रोग नियन्त्रण गर्न खोरेत रोगको भ्याक्सिन लगाउन थालिएको पशु चिकित्सक शर्माले बताउनु भयो । उहाँले कुनै पशुमा खोरेत देखा परेमा बिरामी पशुलाई बथानबाट अलग राख्ने, सरसफाइका विशेष ध्यान दिने,  लसपस हुन नदिने, पशु आवतजावतमा रोक लगाउने, चरन क्षेत्रमा पशु लैजान बन्छ गर्ने, खोरेत रोग देखा परेको स्थान वरिपरिको क्षेत्रमा खोप लगाउन पर्ने बताउनु हुन्छ । 

खोरेत रोग रोकथाम गर्न यस वर्ष ४५ हजार भ्याक्सिन लगाउने लक्ष्य रहेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय गुलरियाका कार्यालय प्रमुख सागर ढकालले बताउनु भयो । उहाँले  भन्नुभयो, ‘यसका लागि ३३ जना भ्याक्सीनेटर छनौट गरिएको छ । उहाँहरूले  घर दैलोमा गएर गाई, भैँसी, बंगुर, बाख्रालाई भ्याक्सिन लगाउनु हुन्छ । अभिभुखिकरण तालिम सकिएपछि  भोलिबाट नै भ्याक्सिन लगाउने गरि  सम्पूर्ण तयारी पुरा भएको छ ।’

सरकारले नेपालबाट सन् २०२५ सम्ममा खोरेत उन्मूलन गर्ने लक्ष्य लिएर काम गरिरहेको छ । सन् २०१५ बाट खोरेत रोगको भ्याक्सिन लगाउन अभियान थालिएको हो 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.