bardiyahospital

द्वन्द्व पीडितको हितमा योजनाबद्ध काम गर्न प्रतिबद्ध छौं : नगरप्रमुख भाट

Geruwa GIF

मानबहादुर चाैधरी , मधुवन । मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले द्वन्द्व पीडितहरूको सवालमा आफू संवेदनशिल रहेको बताउनु भयो । पीडितहरूको तथ्यांक संकलन, उनीहरूको आवश्यकता पहिचान गरी योजनाबद्ध रुपमा काम गर्न तयार रहेको उहाँले बताउनु भएको छ ।
उहाँले द्वन्द्व पीडितहरूसँगको वकालत बैठकमा सो कुरा व्यक्त गर्नु भएको हो । द्वन्द्व पीडित समिति बर्दियाको संयोजनमा द्वन्द्व पीडितहरूले नगरपालिका नजिकको सरकार र अभिभावक भएकोले पीडितहरूको दैनिक जनजीवनमा सहयोग पुग्ने खालको कार्यक्रम बनाएर कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
पीडितहरूले महिला शान्ति र सुरक्षा सम्बन्धी सयुंक्‍त राष्ट्रसंघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागू गर्न नेपाल सरकारले ल्याएको राष्ट्रिय कार्ययोजनाको दोस्रो चरणलाई कार्यान्वयन गर्नका लागि कार्ययोजना कार्यान्वयन समिति गठन गर्नुपर्ने, पीडितको विशिष्ट आवश्यकता पहिचान उप समिति गठन गरी अगाडि वढ्नु पर्ने, पीडितहरूको अभिलेख संकलन गर्नु पर्ने, जेसि नीतिमा द्वन्द्व पीडित महिला र बालिकालाई समेट्नु पर्ने लगायतका १२ बुँदा सहितको माग पत्र बुझाएका छन् ।


मधुवन नगरपालिकाले द्वन्द्व पीडितहरूको सवाललाई गम्भीरतापूर्वक लिई सुनवाई गर्ने आशा रहेको द्वन्द्व पीडित समिति बर्दियाकी सदस्य सुभद्रा थारूले विश्वास व्यक्त गर्नु भयो ।

cld


महिला शान्ति र सुरक्षा सम्बन्धी सयुंक्‍त राष्ट्रसंघ को प्रस्ताव नं. १३२५ र १८२० लाई लागू गर्न नेपाल सरकारले ल्याएको राष्ट्रिय कार्ययोजनाको दोस्रो चरणलाई कार्यान्वयन गर्न कार्ययोजना कार्यान्वयन समिति र पीडितको विशिष्ट आवश्यकता पहिचान उप समिति कार्यपालिकाको आउने बैठकबाट निर्णय गरी गठन गर्नेमा पीडित परिवार ढुक्क हुन मधुवन नगरपालिकाका प्रशासकीय अधिकृत मानबहादुर गिरीले विश्वास व्यक्त गर्नुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.